सिराजलाई नोकरी र घर बनाउन जमीन दिने तेलंगाना सरकारको घोषणा

IMG-20240710-WA0141

हैदराबाद: तेलंगानाका मुख्यमन्त्री ए रेवन्त रेड्डीले अन्तर्राष्ट्रिय क्रिकेटमा देश र राज्यलाई ठूलो सम्मान दिलाउने भारतीय क्रिकेटर मोहम्मद सिराजलाई नोकरी र घरको निम्ति जमीन दिने घोषणा गरे। टी२० वर्ल्ड कप जितेर स्वदेश फर्किने भारतीय टीमका हिस्सा रहने सिराज हैदराबाद पुग्दा भव्य स्वागत जनाइयो। सिराजले मंगलवार राज्यका मुख्यमन्त्री ए रेवन्त रेड्डीसँग उनको आवासमा भेट गरे। यस अवसरमा मुख्यमन्त्रीले टी२० वर्ल्ड कपमा असल प्रदर्शनको निम्ति सिराजको प्रशंसा गर्नको साथै उनलाई सम्मानित गरे। मुख्यमन्त्री रेड्डीले अधिकारीहरूलाई राज्य सरकारको तर्फबाट सिराजलाई नोकरी र घरको स्थान आवण्टित गर्ने निर्देश पनि दिए। आधिकारिक बयान अनुसार मुख्यमन्त्रीले हैदराबाद या वरिपरिको इलाकामा सिराजको निम्ति उपयुक्त घरको स्थान पहिचान गर्ने अनि उनलाई सरकारी नोकरी दिनको निम्ति त्वरित कदम उठाउने निर्देश दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement