केटी जिस्क्याएको निहुँमा एक युवकको हत्या

IMG-20240710-WA0020

विराटनगर: विराटनगर महानगरपालिका -२ स्थित नेपाल टेलिकमनजिक धारिलो हतियार प्रहार गरेर सोमबार राति मोरङको कटहरी गाउँपालिका -१ जमटोकीका २१ वर्षीय करण कामतको हत्या भयो। घटनामा दुईजना घाइते भए।हत्याको कारण भने केटी जिस्क्याएको निहुँमा भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हत्यामा संलग्न ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा विराटनगरका सोनु गिरी, ताप्लेजुङका दावा शेर्पा, भोजपुरका सञ्जय पुरी र विराटनगरकै एक जना नाबालक छन्। मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार बाटोमा हिँड्दै गरेकाहरूले कामतसहित ३ जनालाई घाइते अवस्थामा फेला पारेर राति १० बजेतिर उपचारका लागि विराटनगरको कोशी अस्पताल लगेका थिए। गम्भीर अवस्था मा रहेका कामतको भने उपचारका क्रममा मृत्यु भएको कार्कीले जानकारी दिए ।घटनामा परी कटहरी-१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन्। घाइतेमध्ये रायको अवस्था गम्भीर छ। दुवै जनाको नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ।बाटोमा हिँडिरहेको समयमा केटी जिस्क्याएको विषयमा विवाद हुँदा घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी नायब उपरीक्षक जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। ‘घटना भएको स्थानमा रविबार पक्राउ परेका एक जनाका आफन्त केटीसँग गफ गरेर बसेका रहेछन्,’ डीएसपी बस्नेतले भने, ‘कामत समूहका केटाले केटीलाई जिस्क्याई दिए। त्यही विषयमा झगडा भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।’ कामत त्यो घटनामा भए नभएको यकिन भने नभएको प्रहरीले जनाएको छ। घटनाबारे विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement