कोपा अमेरिका २०२४: गत च्याम्पियन अर्जेण्टिना सजिलै फाइनलमा

IMG-20240710-WA0108

न्यू जर्सी: प्रतिष्ठित कोपा अमेरिका २०२४ फूटबल टुर्नामेण्टमा अर्जेण्टिना खिताब बचाउने नजिक पुग्यो। गत विजेता अर्जेण्टिनाले बुधवार बिहान खेलिएको टुर्नामेण्टको पहिलो सेमिफाइनलमा कनाडालाई २-०-ले पराजित गऱ्यो। यसरी २०२१-को च्याम्पियन टीम लगातार दोस्रोपल्ट च्याम्पियन बन्ने संघारमा पुगेको छ। क्वार्टर फाइनलमा भेनेजुएलालाई पराजित गरी इतिहास रच्ने कनाडाको टीमले अर्जेण्टिनाविरुद्ध सफलता हासिल गर्न सकेन। मेटलाइफ स्टेडियममा ५१ प्रतिशत पोजेशनको साथ खेल्ने अर्जेण्टिनाई टीमलाई जुलियन अल्वारेजले २२औं मिनटमा बढ़त दिलाए। म्यानचेष्टर सिटीबाट खेल्ने यस २४ वर्षीय फरवर्डले असाधारण दक्षताको साथ अर्जेण्टिनालाई पहिलो गोल दिलाए, जुन मध्यान्तरसम्म कायम रह्यो। त्यसपछि दिग्गज लियोनल मेस्सीले दोस्रो हाफको शुरुमै गोल गरेर अर्जेण्टिनालाई २-०-ले अघि पारे। मेस्सीले ५१औं मिनटमा गोल गरे, जुन टुर्नामेण्टको यस संस्करणमा उनको पहिलो गोल पनि हो। म्याचको रहल समयमा कनाडाले निरन्तर प्रयास गरे पनि म्याच बचाउन सकेन। कनाडाले अब १४ जुलाईमा खेलिने तेस्रो स्थानको म्याचमा चुनौती पेश गर्ने। यसरी बिहीवार बिहान खेलिने दोस्रो सेमिफाइनलमा उरुग्वे र कोलम्बियाबीच भिड़न्त हुनेछ जबकि फाइनल १५ जुलाईमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement