लण्डन: विश्वका नम्बर दुई पुरुष टेनिस खेलाड़ी नोवाक जोकोविचले विम्बल्डनको प्री-क्वार्टर फाइनल म्याचमा जीत हासिल गरेपछि कोर्टमा उपस्थित केही दर्शकहरूमाथि रिस पोखाए। जोकोविचले होल्गर रुनेविरुद्ध म्याचको अवधि स्ट्याण्डमा उपस्थित केही दर्शकहरूले उनलाई जिस्काएको आरोप लगाए। जोकोविचले रुनेलाई पराजित गरी १५औं पल्ट सालको तेस्रो ग्राण्ड स्ल्यामको क्वार्टर फाइनलमा प्रवेश गरे। विम्बल्डनमा ७ पल्टका च्याम्पियन जोकोविचलाई म्याचको अवधि सेण्टर कोर्टमा उपस्थित दर्शकहरूका एउटा झुण्डले निरन्तर रुनेको समर्थनमा नाराबाजी गरेर वाकदिक लगाए। जोकोविचको भनाइअनुसार, दर्शकहरूले उनलाई लगातार जिस्काइरहेका थिए। म्याचपछि जोकोविचले भने, ती सबै प्रशंसकहरू जसले सम्मान दिए, म तपाईंहरूलाई आन्तरिक हृदयबाट धन्यवाद दिन्छु अनि यसको सराहना गर्छु। यसरी जस-जसले एकजना खेलाड़ीलाई अपमान गर्ने प्रयास गरे उनीहरूलाई शुभरात्रि। उनीहरू मलाई उस्काउने प्रयास गरिरहेका थिए। म यसलाई स्वीकार गर्न सक्दिन। उनीहरूले रुनेको समर्थनमा नारा लगाइरहेको मलाई थाहा छ तर त्यो मलाई जिस्काउने एउटा तरिका हो। म २० सालदेखि टूरको हिस्सा हूँ अनि मलाई यो सब ट्रिक थाहा छ। दर्शकहरूसँग कुनै पनि खेलाड़ीलाई समर्थन गर्ने अधिकार छ अनि केवल एकजनाको गलत व्यवहारले गदी पूरा स्ट्याण्डलाई बाहिर पठाउन सकिँदैन। म साँचो प्रशंसकहरूलाई सम्मान गर्छु तर कसैले सीमा पार गरे म प्रतिक्रिया दिन्छु। यस खेललाई म सम्मान गर्छु तर हरेक कुराको सीमा हुन्छ।