नयाँ दिल्ली: हालै टी२० वर्ल्ड कप च्याम्पियन बन्ने भारतीय पुरुष क्रिकेट टीमका दिग्गज पेस बलर जसप्रीत बुमराह र महिला टीमकी आक्रामक ओपनिंग ब्याटर स्मृति मन्धनालाई आईसीसी प्लेयर अव् द मन्थ पुरस्कारको निम्ति चयन गरियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) – ले मंगलवार यस्तो जानकारी दियो। एउटै देशका महिला र पुरुष वर्गका खेलाड़ीहरूले एकै महिना यो पुरस्कार जितेको पहिलोपल्ट हो। बुमराहले भारतीय टीमका कप्तान रोहित शर्मा र अफगानिस्तान क्रिकेट टीमका रहमानुल्लाह गुरबाजलाई पछि छोड़ेर यो सम्मान जिते। बुमराहले टी२० विश्व कपमा असाधारण प्रदर्शन गर्दै आठवटा म्याचमा १५ विकेट हासिल गरेका थिए। बुमराहले प्लेयर अव् द टुर्नामेण्टको पुरस्कार पनि जितेका थिए। टी२० विश्व कपमा सर्वाधिक १७-१७ विकेट चाहिँ संयुक्त रूपमा अफगानिस्तानका फजलहक फारुकी र भारतका अर्शदीप सिंहले लिएका थिए। दक्षिण अफ्रिकी महिला क्रिकेट टीमविरुद्ध वनडे सीरीजमा मन्धनाले उत्कृष्ट ब्याटिंग गर्दै दुईवटा शतक (११७ र १३६) बनाएकी थिइन्। उनले महिला वर्गमा ईंग्ल्याण्डकी मैया बाउचियर र श्रीलंकाकी विशमी गुणरत्नेलाई उछिनेर पुरस्कार जितिन्।










