तुरुक पाँचघरेमा सप्ताहव्यापी २१०औँ भानु जयन्ती

WhatsApp-Image-2024-07-09-at-22.13.04

भाषा,साहित्य,संस्कृति र खेलकूदको समावेशी कार्यक्रमले सबैलाई उत्साह प्रदान गर्दछः ताराचन्द्र लोहागण

नाम्ची: दक्षिण सिक्किमको मल्ली निर्वाचन क्षेत्रको तुरुक पाँचगऱे निम्न माध्यमिक पाठशालामा पालन भइरहेको समप्ताहव्यापी २१०औँ भानु जयन्तीको अवसरमा भलिबल प्रतियोगिता सम्पन्न  भइररेको छ। प्रतियोगिताको हिज सोमबारको खेलमा  सिक्किमका चर्चित समाजसेवी तथा सरकारी ठेकादार ताराचन्द लोहगण मुख्य अतिथिको रूपमा उपस्थित थिए। आयोजक समितिले भव्य स्वागत जनाए।

क्षेत्र विधायक मणिकुमार प्रधान मुख्य संरक्षक रहेको यस सप्ताहव्यापी कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित समाजसेवी लोहागणले स्थानीय युवाहरूको पहलको सराहना गरे। भाषा साहित्य, संस्कृति र खेलकूदलाई समेटेर यसरी सप्ताहव्यापी रूपमा आयोजित समावेशी कार्यक्रमले सबैलाई उत्साह प्रदान गर्नका साथै आफ्नो भाषा साहित्य र संस्कृति प्रति जागरूकता प्रदान गर्ने बताए। उनले आयोजक समितिलाई आभार प्रकट गरे भने खेलमा सहभागी युवा र साहित्य-संस्कृति टोलीलाई पनि उज्जवल भविष्यको कामना गरे।

कार्यक्रममा विशिष्ठ अतिथिको रूपमा डेस्मीका निदेशक दिनेश प्रदान, नाम्चीका कमर्सियल ट्याक्स निरिक्षक विनोद गुरुङ, समष्टि महासचिव टिबी गुरुङ, युवा महासचिव ओटी लेप्चा, तुरुक वेलनेस सेटन्टरकी सीएचओ भुमिका बस्नेत,जीपीयु युवा संयोजक पाल्देन भोटिया, अशोक पाख्रिङ, बुद्ध तामाङ, एलबी राई (प्रधान अध्यापक पाँचघरे निम्न माध्यमिक विद्यालय) पूर्वपञ्चायत धनमाया लामा स्थानीय जनताको उपस्थिति रहेको थियो।        

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement