नयाँ दिल्ली: रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले क्रेमलिनको सेन्ट एन्ड्रयू हलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुसको सर्वोच्च राष्ट्रिय पुरस्कार “द अर्डर अफ सेन्ट एन्ड्रयु द अपोस्टल”बाट सम्मानित गरे। भारत-रूस सम्बन्ध प्रवर्द्धनमा उनको योगदानका लागि यो पुरस्कार २०१९ मा घोषणा गरिएको थियो। पुरस्कार ग्रहण गर्दै प्रधानमन्त्रीले यसलाई भारतका जनता अनि भारत र रुसबीचको परम्परागत मित्रताको बन्धनलाई समर्पित गरे। उनले यो सम्मानले दुई देशबीचको विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीलाई झल्काउने बताए। यो पुरस्कार ३०० वर्ष पहिले शुरु भएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी यस पुरस्कारबाट सम्मानित हुने पहिलो भारतीय नेता हुन्। -पीआईबी