१,०८२ पुलिसकर्मीहरू पुलिस पदकद्वारा सम्मानित

0-1a-Medals-1

नयाँ दिल्ली:  स्वतन्त्रता दिवसको अवसरमा कूल १,०८२ पुलिसकर्मीहरूलाई पुलिस पदकले सम्मानित गरिएको छ। यसमध्ये ३४७ लाई वीरताको निम्ति पुलिस पदक (पीएमजी) प्रदान गरिएको छ। गृह मन्त्रालयअनुसार, ३४७ वीरता पुरस्कारहरूमध्ये अधिकांश २०४ कर्मचारीहरूलाई जम्मू-कश्मीर क्षेत्रमा उनीहरूको वीरताको निम्ति सम्मानित गरिएको छ। ८० कर्मचारीलाई वामपन्थी उग्रवाद प्रभावित क्षेत्रहरूमा वीरतापूर्ण कारबाहीको निम्ति र १४ कर्मचारीलाई पूर्वोत्तर क्षेत्रमा वीरतापूर्ण कारबाहीको निम्ति सम्मानित गरिएको छ। वीरता पुरस्कार प्राप्त गर्ने कर्मचारीहरूमा सीआरपीएफबाट १०९, जम्मू-कश्मीर पुलिसबाट १०८, बीएसएफबाट १९, महाराष्ट्रबाट ४२, छत्तीसगढ़बाट १५ र अन्य केन्द्र शासित प्रदेशहरू र सीएपीएफबाट छन्। विशिष्ट सेवाको निम्ति राष्ट्रपतिको पुलिस पदक (पीपीएम) ८७ लाई र सराहनीय सेवाको निम्ति पुलिस पदक (पीएम) ६४८ कर्मीहरूलाई प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *