गौतम गम्भीर बने टीम इण्डियाका नयाँ मुख्य प्रशिक्षक

IMG-20240709-WA0225

नयाँ दिल्ली: गौतम गम्भीरले मंगलवार आधिकारिक रूपमा भारतीय क्रिकेट टीमको मुख्य प्रशिक्षकको रूपमा राहुल द्रविड़को स्थान लिए। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-का सचिव जय शाहले आज पुरुष क्रिकेट टीमका नयाँ मुख्य प्रशिक्षकको रूपमा भारतका पूर्व ओपनिंग ब्याटर गौतम गम्भीरको नाम घोषणा गरे। उनले टीममा राहुल द्रविड़को स्थान लिनेछन्। भारत टी२० वर्ल्ड कप च्याम्पियन बन्नको साथै द्रविड़को कार्यकाल समाप्त भएको थियो। गम्भीर तीनैवटा प्रारूपमा भारतीय टीमको प्रशिक्षक हुनेछन्। उनको कार्यकाल ३.५ सालको हुनेछ। द्रविड़ले टी२० वर्ल्ड कप शुरु हुन अघि नै यो उनको प्रशिक्षकको रूपमा अन्तिम टुनमिण्ट हुने घोषणा गरेका थिए। यसैकारण बीसीसीआईले प्रशिक्षक पदको निम्ति आवेदन आमन्त्रित गरेको थियो। त्यसपछि बीसीसीआई-को क्रिकेट सल्लाहकार समिति (सीएसी) – ले गम्भीरको साथमा डब्ल्यूभी रमनको साक्षात्कार पनि लिएको थियो। गम्भीरलाई शुरुदेखि नै प्रशिक्षक पदको प्रबल दावेदार मानिएको थियो।
बीसीसीआई सचिव शाहले भने, भारतीय क्रिकेट टीमको नयाँ मुख्य प्रशिक्षकको रूपमा गौतम गम्भीरलाई स्वागत गर्दा मलाई खुशी लागिरहेको छ। आधुनिक क्रिकेट तेजीको साथ विकसित भएको छ अनि गम्भीरले बलिँदो परिदृश्यलाई नजिकबाट देखेका छन्। आफ्नो पूरा करियरमा कठिनाईहरू सहने अनि विभिन्न भूमिकाहरूमा उत्कृष्ट प्रदर्शन गरेपछि गौतम गम्भीर भारतीय क्रिकेटलाई अघि बढ़ाउन आदर्श व्यक्ति रहने मलाई विश्वास छ। टीम इण्डियाको निम्ति उनको स्पष्ट दृष्टिकोण र विशाल अनुभवलाई मिलाउँदा उनलाई यस रोमाञ्चक र सबैभन्दा अधिक माग भएको मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्न सम्पूर्ण रूपले सक्षम बनाउँछ। बीसीसीआई यस नयाँ यात्राको शुरुवातमा उनलाई पूरा समर्थन गर्दछ। मुख्य प्रशिक्षकको पद सम्हालेपछि गम्भीरको पहिलो चुनौती भारतीय टीमको श्रीलंका यात्रा हुनेछ। श्रीलंका यात्रामा भारतले टी२० र एकदिने सीरीज खेल्नेछ। दुवै सीरीजमा ३-३ वटा म्याच खेलिनेछ। उल्लेखनीय छ, गम्भीर २००७-मा टी२० विश्व कप अनि २०११ मा एकदिने विश्व कप जित्ने भारतीय टीमका महत्त्वपूर्ण हिस्सा थिए। यसबाहेक उनकै मार्गदर्शनमा केकेआर-ले यस साल इण्डियन प्रीमियर लीग (आईपीएल) खिताब जितेको थियो। बीसीसीआई अध्यक्ष रोजर बिन्नीले भनेका छन्, बोर्ड पूर्व मुख्य प्रशिक्षक राहुल द्रविड़लाई टीमसँग उनको असाधारण प्रदर्शनको निम्ति धन्यवाद दिन चाहन्छ। टीम इण्डिया अब एकजना नयाँ प्रशिक्षक गौतम गम्भीरको नेतृत्वमा यात्रामा निस्किसकेको छ। मुख्य प्रशिक्षकको रूपमा उनको नियुक्ति भारतीय क्रिकेटको निम्ति एउटा नयाँ अध्याय हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement