इलामको जसुदा स्मृति पुरस्कार’ विजय बान्तवा कैलाशीलाई प्रदान गरिने

ef6272a4-6873-4ca8-aaa9-8b35c569cd6a

मिरिक: वर्ष २०२४ को ‘जसुदा स्मृति पुरस्कार’ मिरिक दार्जीलिङका  लेखक विजय बान्तवा कैलाशीलाई प्रदान गरिने भएको छ। समितिको आज बसेको बैठकले यो निर्णय गरेको हो। मिरिकमा बसेर लेखनमा सक्रिय कैलाशीका रिसाहा भुँइ (कविता संग्रह), क्षितिज खोज्दै ( नियात्रा संग्रह), जूनको हत्या (कथा संग्रह), भ्रमित (उपन्यास), मित्याङसा (आख्यान), उत्ताल (आख्यान) लगायतका कृतिहरू प्रकाशनमा आइसकेका छन्। हरेक वर्ष प्रदान गरिँदै आएको इलामकी चेली कवि तथा पत्रकार जसुदा खाकी प्रधानको स्मृतिमा उनको श्रीमान वरिष्ठ पत्रकार पुष्पराज प्रधान तथा उनका परिवारले स्थापना गरेको हो। नगद र सम्मानपत्र सहितको यो पुरस्कार यही  १३ जुलाई भानु जयन्तीका दिन इलाममा प्रदान  गरिने छ।    

About Author

Advertisement