बिराटनगर: सीमाबर्ति बिहारको फारबिसगंजमा अन्तर्राष्ट्रीय एयरपोर्ट संचालन गर्नका लागि दबाब दिन बनाएको अन्तर्राष्ट्रीय संघर्ष समितिको ब्यनरमा आज बिराटनगर स्थित विराटेश्वर मंदिर परिसरमा एक कार्यक्रम आयोजना गरी हस्ताक्षर अभियान सन्चालन गरे। सो कार्यक्रममा त्यहा उपस्थित सर्ब साधारण समेतले त्यस अन्तर्राष्ट्रीय एयरपोर्टको मांग प्रति आ – आफ्नो समर्थन जनाउदै हस्ताक्षर गरेर त्यस अभियानमा सहभागी हुँने प्रतिबद्धता जनाएका छन्l सो कार्यक्रममा नारी शक्तिको उपस्थिति उत्साहजनक रहेको थियो।