खरसाङ: खरसाङका सामाजिक कार्यकर्ता एंव सक्रिय र सचेत युवा रामकृष्ण शर्माले गत केही दिन अघि खरसाङ नगरपालिका विभागलाई नगरपालिकाद्वारा सम्पन्न गरेको विभिन्न विकासमूलक कार्यहरूबारे जानकारी लिनलाई पत्रचार गरेका थिए। उक्त पत्रमा उनले हाउसिङ फर अल, खरसाङ नगरपालिकाद्वारा खरसाङ शहरमा निमार्ण गरिएको दोकानहरू के आधारमा बाडिए अनि यसको प्रतिवेदन, सिवेजको कार्यको विवरण, कोभिड फन्ड, लगायत अन्य विषयहरूबारे उल्लेख गरेर यसको सठिक जवाब मागेका थिए। तथापि यसको रिर्पोट अफिसमा उपलब्ध भईसके तापनि उनलाई रिर्पोट नदिएको भन्दै आज रामकृष्ण शर्माले खरसाङमा पत्रकार सम्मेलन गरेर यस विषयमा विस्तृत रूपमा जानकारी गराएका छन्। रामकृष्ण शर्माले गत २८ मई २०२४ मा नै यस विषयमा नगकपालिकासित पत्रचार गरेर सम्पूर्ण विवरण दिने मांग गरेका थिए भने उनले नदिएको खण्डमा आरटीआई गर्ने बताएका थिए भने नगरपालिकाबाट नै विवरण दिइने भनिएकोले पर्खिबसेको बताएका छन्। उनले ४० दिन बितिसक्दा पनि जानकारी नपाएपछि आज नगरपालिका पुगेर सोधपुछ गरेको बताएका छन्। तर नगरपालिकाले सम्पूर्ण विवरण तयार भएर पनि नदिएको आरोप लगाउँदै नगरपालिकाले सबै बोर्ड सदस्यहरूसित सभा बसेर दिनु नदिनु निर्णय गरेर मात्र य सम्भव हुने भनेको पनि बताएका छन्। युवा रामकृष्ण शर्माले यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकालाई विगत ४० दिन अघिदेखि लगातार रुपमा खरसाङ नगरपालिकाले नगरवासीका निम्ति विभिन्न विभागमा गरिरहेको कार्यको रिपोर्ट मागिरहेका थिए। नगरपालिकाले ४० दिन बितिसक्दा पनि रिपोर्ट नदिएर केवल आश्वासन मात्र दिइरहेको र आज भने उनले रिपोर्ट माग्न नगरपालिका कार्यालय जाँदा नगरपालिका अधिकारीले उक्त रिपोर्ट दिन सोझै मनाही गरेको पत्रकार सम्मेलनमार्फत आरके शर्माले बताएका छन्। तिनले खरसाङ नगरपालिकालाई लिएर आफूहरूको एउटा टोलीले कार्य गरिरहेको अनि यसै कार्यलाई लिएर अधिवक्ता बिरेन्द्र रसाईली कलकत्ताबाट फर्केपछि अघिल्लो रणनीतिबारे छलफल गरी बताउने पनि थप जानकारी दिएका छन्।