टिस्टा नदीको प्रकोपका कारण लालटोङ बस्तीका ३६ परिवार विस्थापित

Capture3-4

फुलबारी: टिस्टा नदीको प्रकोपका कारण ग्रामीण लालटोङ बस्तीका ३६ परिवार विस्थापित भएका छन्। आज जलपाईगुडी जिल्ला परिषद्का अध्यक्ष कृष्ण राई बर्मन, राजगञ्ज विधायक खगेश्वर राय, राजगञ्ज पञ्चायत समितिका अध्यक्ष रुपल दे सरकार र अन्यले क्षेत्रको भ्रमण गरे।
पहाड र तराईमा परेको अविरल वर्षाका कारण टिष्टा नदीमा पानीको बहाव बढेको बताइएको छ। टिस्टाको पानीबाट टिस्टा किनार छेउछाउका नम्बर ग्राम पञ्चायतका लालटोङ र चमकाडाँगी गाउँका धेरै परिवार विस्थापित भएका छन्। आज विधायक, जलपाईगुडी जिल्ला परिषद् अध्यक्ष र प्रशासनका सदस्यहरूले उक्त क्षेत्रको भ्रमण गरे। सो अवसरमा विस्थापित सबै परिवारलाई खाद्य सामाग्री हस्तान्तरण गरिएको थियो।
यस सम्बन्धमा राजगञ्जका विधायक खगेश्वर रायले टिस्टाको पानीको बहाव बढेसँगै लालटोङ बस्तीका घर–घरमा पानी पसेको बताए। जसका कारण परिवारहरु विस्थापित भएका छन्। विस्थापित परिवारले स्थायी बसोबासको माग गरेका छन्। उनले यस विषयमा अधिकारीसँग कुरा गरेर सरकारी व्यवस्था मिलाउन पहल गरिने बताए ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement