नक्सलबारी: निर्वाचनपछिको हिंसा रोक्न केन्द्रीय बलको एउटा टोली नक्सलबारीमा छ। नक्सलबारी हिन्दी हाई स्कूलका अधिकारीहरू विद्यालयमा केन्द्रीय बलको उपस्थितिलाई लिएर चिन्तित छन्। प्राप्त जानकारी अनुसार विद्यालयमा केन्द्रिय सेना तैनाथ छन्। १८ दिन बितिसक्दा पनि केन्द्रीय बलको वैकल्पिक व्यवस्था नभएको विद्यालय प्रशासनको आरोप छ। यस सम्बन्धमा विद्यालयका प्रधानाध्यापकले नक्सलबारी पुलिस थानामा पत्र लेखेका छन्। प्रधानाध्यापक दमनकान्त मिश्रले केन्द्रीय बलको कारणले कक्षा ११ का धेरै विद्यार्थी भर्ना हुन नसकेको आरोप लगाएका छन्। यसैबीच आगामी बिहीबार विद्यालय खुल्ने भएका छन्। यसबाट विद्यालय प्रशासन चिन्तित छ। दार्जिलिङ जिल्लाका पुलिस उपरीक्षक प्रवीण प्रकाशले फोनमा केन्द्रीय बल छाड्ने बताए। विद्यालयमा चिन्ताको कुनै कारण छैन।