दुईपल्टकी च्याम्पियन हालेप फाइनलमा

IMG-20220814-WA0156.jpg

१४ अगस्तः दुईपल्टकी च्याम्पियन सिमोना हालेपले अमेरिकाकी जेसिका पेगुलालाई पराजित गरी नेशनलल ब्यांक ओपन टेनिस टुर्नामेण्टको फाइनलमा स्थान बनाइन्। रोमानियाकी स्टार खेलाड़ी हालेपले सेमिफाइनलमा पेगुलालाई २-६, ६-३, ६-४-ले पराजित गरिन्। फाइनलमा हालेपले ब्राजीलकी बिट्रिज हदाद माइया विरुद्ध खेल्नेछिन्। हदाद माइयाले दोस्रो सेमिफाइनलमा चेक गणराज्यकी १४औं वरीयता प्राप्त क्यारोलिना प्लिसकोवालाई ६-४, ७-६-ले पराजित गरिन्। टु्र्नामेण्टमा १५औं वरीयता प्राप्त हालेपले यसअघि मण्ट्रियलमा २०१६ र २०१८-मा ट्रफी जितेकी थिइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *