वार्ताबाट शान्तिको बाटोमा हिँड्नुपर्छ: प्रधानमन्त्री मोदी

PM-Modi-Russia

 मस्को: प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच द्विपक्षीय भेटवार्ता भएको छ। सो क्रममा दुवै नेताबीच युद्ध, आतंकवाद र शान्ति स्थापनाका विषयमा चर्चा भयो। प्रधानमन्त्री नरेन्द्र मोदीले शान्ति स्थापनाका लागि भारत हरसम्भव सहयोग गर्न तयार रहेको बताएका छन्। प्रधानमन्त्री मोदीले विश्व समुदायलाई भारत शान्तिको पक्षमा रहेको आश्वस्त पार्ने बताए। उनले भने, ‘हिजो मेरो साथी पुटिनले शान्तिको बारेमा कुरा गरेको सुनेँ। यसले मलाई आशा प्राप्त भएको छ। शान्ति पुनर्स्थापना सम्भव छ। मैले सधैं एक साथीको हैसियतले भनेको छु कि शान्ति हाम्रा आगामी पुस्ताको उज्ज्वल भविष्यका लागि अति आवश्यक छl तर मलाई यो पनि थाहा छ कि युद्धको मैदानमा समाधान सम्भव छैन। बम, बन्दुक र गोलीबाट समाधान र शान्ति वार्ता सफल हुँदैन। वार्ताबाट शान्तिको बाटोमा हिँड्नुपर्छ।‘

प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘युद्ध–द्वन्द्व होस् वा आतंकवादी हमला होस्, मानवतामा विश्वास गर्ने हरेक मानिसले ज्यान गुमाउँदा दुःखी हुन्छ तर निर्दोष बालबालिका मारिएको हृदयविदारक छ। यो पीडा धेरै ठूलो छ।‘ यस विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चर्चा गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले लगभग १० वर्षमा १७ पटक भेट भएको बताएका छन्। उनले भने, ‘विगत २५ वर्षमा हामीले करिब २२ वटा द्विपक्षीय बैठकहरू गरेका छौं। यसले हाम्रो सम्बन्धको गहिराइ देखाउँछ। भारतले ४०-५० वर्षदेखि आतंकवादको सामना गरिरहेको छ। आतंकवाद कति भयानक र घृणित छ भन्ने हामीले देखिरहेका छौं। जब मस्को र दागेस्तानमा आतंकवादी घटनाहरू हुन्छन्, म कल्पना गर्नसक्छु कि पीडा कति गहिरो हुन्छ। म सबै प्रकारका आतंकवादको कडा निन्दा गर्दछु।‘ प्रधानमन्त्री नरेन्द्र मोदीले भव्य स्वागत र सम्मानका लागि पुटिनप्रति आभार व्यक्त गरेका छन्। यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोस्थित अखिल रुसी प्रदर्शनी केन्द्रको भ्रमण गरे। यहाँ प्रधानमन्त्री मोदीले भारतीय र रुसी विद्यार्थीको समूहसँग पनि कुराकानी गरे।

About Author

Advertisement