तीब्र गतिको एम्बुलेन्सको ठक्करबाट एकजना गम्भीर घाइते

accident-1

सिलगढी: तीब्र गतिमा रहेको एम्बुलेन्सको ठक्करबाट एक व्यक्ति गम्भीर घाइते भएका छन्। घटना सिलगढीको शक्तिगर रोड नम्बर २ मा भएको हो। आज एक व्यक्ति साइकलमा सडक पार गर्दै गर्दा नौकाघाटबाट जलपाईमोडतर्फ आउँदै गरेको एम्बुलेन्सले साइकल चालकलाई ठक्कर दिएको हो। खबर प्राप्त हुनासाथ सिलगढी थानाको पुलिस घटनास्थलमा पुगेर घाइतेलाई उद्धार गरी सिलगढी जिल्ला अस्पताल पुर्याएको थियो। यसैबीच पुलिसले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ। एम्बुलेन्स समेत जफत गरिएको छ। घटनाका क्रममा एम्बुलेन्स तीब्र गतिमा रहेको स्थानीयले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement