मुख्यमन्त्री तामाङ लगायत उनकी आमाले मिन्तोगाङ परिसरमा रोपे विरूवा

IMG-20240709-WA0208

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ सहित उनकी आमा धनमाया तामाङले सप्ताहव्यापी पर्यावरण पर्व अन्तर्गत विभिन्न प्रजातिको विरूवा रोप्दै सहभागिता जनाए। विशेष गरेर गत १ जुलाईदेखि शुरू भएको सिक्किम पर्यावरण पर्व अन्तर्गत एक पेड मा के नाम अभियान अन्तर्गत मुख्यमन्त्री तामाङ र उनकी आमाले उनको सरकारी निवास मिन्तोगाङ परिसरमा विरूवा रोपे। एक पेड मा के नाम योजना देशका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व पर्यावरण दिवसको अवसरमा शुरू गरेका हुन्। यस अभियानको अंश बन्ने अवसरमा प्राप्त भएकोमा उनले आफ्नो आमालाई हृदयदेखि कृतज्ञता व्यक्त गर्दै सबैलाई यस अभियानमा सामेल हुन प्रोत्साहित गरेका छन्। यसका साथै, यो प्रेरणादायी अवधारणाको लागि प्रधानमन्त्रीलाई उनले हृदयदेखि धन्यवाद दिएका छन्।

साथै उनले वृक्षारोपण र पालनपोषणमा जोड दिँदै अभियानमा लाग्न सबैलाई आग्रह गरे। उनले आमाहरू परिवारको मुटु र आत्मा भएकाले उनीहरूको हेरचाहको महत्त्वमाथि पनि प्रकाश पारे। यस अवसरमा मन्त्रीमण्डलका सदस्य,सल्लाहकागण लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement