सिलगढी: धान रोपेर फर्किने क्रममा नदीमा डुबेर आमा छोरीको मृत्यु भएको छ। नक्सलबारीको ठूलो मोनिराम जोतमा भएको यो घटनापछि इलाकामा सनसनी फैलिएको छ। मंगलबार बिहान नेपाल–भारत सीमामा रहेको मेची खोला पार गरेर १५–२० जना धान रोप्न गएका थिए। मेची खोलामा डुबेर कामबाट फर्किएका आमा छोरीको मृत्यु भएको छ। स्थानीयवासीले खबर पाएर आमालाई बचाए तर एउटी छोरीको खोजी भएन। घटना लगत्तै स्थानीयले उद्धार कार्य शुरु गरेका छन्। सूचना पाएपछि नक्सलबारी बीडीओ, मोनिराम ग्राम पञ्चायत प्रमुख र नक्सलबारी पुलिस र एसएसबीका जवानहरू घटनास्थलमा पुगेका थिए। उद्धार कार्य जारी रहेको मोनिरामका प्रमुख गौतम घोषले बताए।