भाजपा खरसाङ मण्डलद्वारा बजारमा मौन जुलुस आयोजित

IMG-20220814-WA0159.jpg

खरसाङ: भारतीय जनता पार्टी खरसाङ मण्डलद्वारा आज खरसाङ बजारमा मौन जुलुस निकालेका छन्। आजकै दिन १५ अगस्त १९४७ सालमा भारतबाट पाकिस्तान अलग भएर गएको भन्दै भारतीय जनता पार्टीले दु:ख माग्दै आज मौन जुलुस निकालेका छन्। यसपाली विशेष गरेर देशको स्वाधीनताको ७५औं वर्ष पुगेको अवसरमा भारतीय जनता पार्टी खरसाङद्वारा गत ११ अगस्तदेखि नै विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको र त्यसै अनुरुप आज खरसाङ बजारमा मौन जुलुसको आयोजना गरिएको छ। उक्त मौन जुलुस खरसाङको टुरिस्ट लजदेखि शुरु गरिएकर एनएच ५५ हुँदै वर्ध्दमान रोड भएर मोटर स्ट्याण्डमा आएर समाप्त भएको छ।

यय अवसरमा भारतीय जनता पार्टी खरसाङ मण्डलको सभापति मदन जोगी, महासचिव सन्दीप रावत लगायत अन्य पदाधिकारीहरू साथै समर्थकहरू उपस्थित रहेका थिए। आजको मौन जुलुस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भारतीय जनता पार्टी खरसाङ मण्डलको सभापति मदन जोगीले आजकै दिन भारत एक सिङ्गो राष्ट्रबाट पाकिस्तान छुटेर गएको र यसै कुरालाई हामीले दु:ख मान्दै मौन जुलुस आयोजना गरेको बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *