जलपाईगढी: भारी वर्षाका कारण उत्तर बंगालका सबै नदीहरू बढेका छन्। टिस्टा मेखलीगञ्ज र एनएच ३१ जलढाका नदीको असुरक्षित क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। टिस्टा डोम्हानीका असुरक्षित क्षेत्रमा यल्लो अलर्ट जारी गरिएको छ। जिल्लाका टिस्टा, जलढाका, कार्ला लगायतका नदीको पानीको बहावमा उल्लेख्य वृद्धि भएको छ। जलपाईगढी जिल्लाको गजलडोबा टिस्टा ब्यारेजबाट मंगलबार बिहान ६ बजे छोडिएको पानीको मात्रा २०१३.०६ क्यूमेक रहेको छ। उत्तर बंगालमा बाढी आउन सक्ने भन्दै मुख्यमन्त्री आफैं डराएका छन्। मौसम विभागका अनुसार उत्तरी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। मंगलबार बिहानैदेखि जलपाईगढी जिल्लामा मेघगर्जनसहित क्षणिक वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण जलपाईगढी प्रभावित भएको छ। टिस्टा, कार्ला, जलढाकालगायत जिल्लाका विभिन्न नदीमा पानीको बहाव बढ्दै गएको छ।