जलपाईगढी: छत ढलाईको क्रममा छतबाट खसेर एक युवकको मृत्यु भएको छ। मृतक युवकको नाम शाहजत अलि (२२ वर्ष) बताइएको छl समाचारअनुसार, उनी फूलबारीको ममतापाडा क्षेत्र निवासी हुन्। उनी गरिब परिवारका एकमात्र कमाउने व्यक्ति थिए। परिवारको जेठो छोरा भएकाले परिवारको जिम्मेवारी उनको काँधमा थियो। उनको परिवारमा आमाबुबासँगै ६ जना दाजुभाई इ दिदीबहिनी छन्। फूलबारी गाउँ नम्बर २ पञ्चायतको ममतापाडा क्षेत्रका मोहम्मद मुस्लिम हकका छोरा सहजतले आफ्नो परिवारको पालनपोषण गर्न पढाइ छाडेका हुन्। हरेक दिन जस्तै सोमबार बिहान पनि उनी छत मोल्डिङको कामका लागि अन्य मजदुरहरूसँग सिलगढी गएका थिए। तर दिउँसो उनी छतबाट खसे। उनलाई गम्भीर अवस्थामा सिलगढी जिल्ला अस्पताल लगिएको थियो जहाँ उनको मृत्यु भयो।