बजाज अटो लिमिटेडद्वारा विश्वको पहिलो सीएनजी बाइक फ्रीडम १२५ लञ्च

IMG-20240709-WA0119

सीएनजी-ले चल्ने मोटरसाइकलको प्रतीक्षा गर्नेहरूका लागि खुशीको खबर छ । बजाज अटो लिमिटेडले विश्वको पहिलो सीएनजी बाइक फ्रीडम १२५ एनजी०४ (Freedom 125 NG04) भारतमा लञ्च गरेको छ। आकर्षक लुक्स, राम्रो फिचर्स, असाधारण सुरक्षा र ३३० किलोमिटरसम्मको फुल ट्यांक रेञ्ज भएको बजाज फ्रीडम १२५-को प्रारम्भिक एक्स-शोरूम मूल्य ९५,००० रुपियाँ रहेको छ। बजाज अटो लिमिटेडका प्रबन्ध निदेशक राजीव बजाज र केन्द्रीय सड़क, यातायात र राजमार्ग मन्त्री नितिन गडकरीले यो सीएनजी मोटरसाइकल पुणेको ०४बजाज प्लान्टमा लञ्च गरे। यहाँ हामी देशको पहिलो सीएनजी बाइकको मूल्य र विशेषताहरूबारे चर्चा गरिरहेका छौंः
भेरियण्ट र मूल्यः
बजाज फ्रीडम १२५ को जम्मा ३ भेरियण्टहरू छन्, जसमध्ये फ्रीडम १२५ एनजी डिस्क एलईडी भेरियण्टको एक्स-शोरूम मूल्य १.१० लाख रुपियाँ छ। यसरी फ्रीडम १२५ एनजी०४ ड्रम एलईडी भेरियण्टको एक्स-शोरुम मूल्य १.०५ लाख रुपियाँ र सबैभन्दा सस्तो संस्करण फ्रीडम १२५ एनजी०४ ड्रमको एक्स-शोरुम मूल्य ९५ हजार रुपियाँँ छ।
बजाज फ्रीडम १२५ एनजी०४ सीएनजी बाइक हेर्नमा निकै आकर्षक र अलग छ। यसमा एलईडी हेडल्याम्प, आकर्षक ग्राफिक्स, सबैभन्दा लामो सिट र बलियो ट्रेल फ्रेम छ। कम्यूटर बाइकप्रेमीहरूको आवश्यकतालाई ध्यानमा राख्दै बजाजले आधुनिक र रेट्रोको मिश्रण जस्तै देखिने र हेर्नमा आकर्षक बाइक बजारमा ल्याएको छ।
विशेषताहरूः
बजाज फ्रीडम १२५ एनजी०४ सीएनजी मोटरसाइकलमा फर्स्ट इन क्लास लिंक मोनोशक सस्पेन्सन, ब्लुटुथ कनेक्टिभिटीसहितको रिभर्स एलसीडी कन्सोल, स्वीच अन द गो सुविधा, ७ डुअल टोन कलर विकल्पलगायत धेरै सुविधाहरू छन्। यसमा सीएनजी ट्यांकको वरिपरि प्रोटेक्टिव केज दिइएको छ र यसमा कमन फ्यूल क्याप कवर छ।
इञ्जिन क्षमता र सीएनजी ट्यांकः
बजाज फ्रीडम १२५ मोटरसाइकलमा १२५ सीसीको पेट्रोल इञ्जिनका साथै फ्याक्ट्री फिट गरिएको सीएनजी किट छ, जसले संयुक्त रूपमा अधिकतम ९.५ पीएस-को अधिकतम पावर र ९.७ न्यूटन मिटरको पीक टर्क उत्पादन गर्छ। यस सीएनजी बाइकमा २ लिटरको पेट्रोल ट्यांकसँगै सिट मुनि २ किलो क्षमताको सीएनजी ट्यांक पनि उपलब्ध गराइएको छ। यस बाइकको रेञ्च ३३० किलोमिटरसम्म रहेको कम्पनीको दावी छ।
बुकिंग शुरुः
बजाज फ्रीडम १२५ एनजी०४ को मूल्य सार्वजनिक गरिनको साथै यसको बुकिंग पनि शुरु भएको छ। यसको डिलीवरी पहिला गुजरात र महाराष्ट्रमा शुरु हुनेछ। यसपछि अन्य राज्यहरूमा डेलिभरी अक्टोबरदेखि डिलीवरी शुरु हुनेछ।
सुरक्षा र अपरेटिंग कस्टः
बजाज फ्रीडम १२५ सीएनजी बाइकले ११ वटा सुरक्षा परीक्षण सफलतापूर्वक पास गरेको छ। साथै पेट्रोलबाट चल्ने मोटरसाइकलको तुलनामा फ्रीडम १२५-को अपरेटिंग कस्ट (सञ्चालन लागत) ५० प्रतिशत कम्ती हुने कम्पनीको दावी छ। पेट्रोल बाइकको तुलनामा ५ वर्षमा ७५ हजार रुपियाँसम्म बचत गर्न सकिन्छ। यसबाहेक फ्रीडम १२५-ले पेट्रोलको तुलनामा २५ प्रतिशत कम्ती कार्बन डाइअक्साइड उत्सर्जन गर्दछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement