बिराटनगर: संखु वासभामा भरुवा बन्दुक पड्किदा एक महिला घाइते भएकी छन्। चैनपुर नगरपालिका-११ केराबारी बस्ने शेषराज खतिवडा र निजको श्रीमती वर्ष ४५ की मेनुका खतिवडा घरबाट अन्दाजी ३०० मिटर उत्तरमा रहेको बारीमा दुम्सीले मकै खाने हुदाँ मकैबारी रुङ्ने भनी बारीमा रहेको अस्थाई टहरामा सुतिरहेको अवस्थामा एक्कासी भरुवा वन्दुक पड्किएको जस्तो आवाज आएको थियो। निज मेनुको ढाडको दाहिने तर्फ भरुवा बन्दुकको छर्राले लागेको जस्तो चोट देखिएको, निजहरूको साथमा रहेको कुकुर समेतलाई छर्रा लागि घाईते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। घटना सम्वन्धमा प्रहरी खराङमा जानकारी प्राप्त हुदाँसाथ प्रहरी टोलि खटि गई बुझ्ने कार्य भएको, घाईतेको उपचारको लागि जिल्ला अस्पाताल खाँदबारी पठाएको प्रहरीले जनाएको छ। उक्त घटना सम्बन्धमा इलाका प्रहरी चैनपुरका प्रहरी इन्स्पेक्टर बाबुराम कार्की सहितकल प्रहरी टोली परिचालित भई अनुसन्धान कार्य निरन्तर रूपमा भएको थियो। घटनामा संलग्न चैनपुर ११ किङरिङ बस्ने वर्ष ३७ वर्षका लंक तामाङ भन्ने अनिल कुमार तामाङ र २६ वर्षको तुलसी जिमीलाई लोड भएको भरुवा बन्दुक थान-१ सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। थप अनुसन्धानको क्रममा तुलसी जिमीले भरुवा बन्दुकबाट गोलि प्रहार गरी वर्ष ४५ की मेनुका खतिवडालाई घाईते बनाएको खुल्न आएको पनि प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत चैनपुर संखुवासभाबाट म्याद थप गरी मुलुकी अपराध संहिता, २०१८ बमोजिम ज्यान मार्ने उद्योग र हातहतियार खरखजना कसुरमा थप अनुसन्धान भईरहेको छ।