बिराटनगर:नेपाली बजारमा चिनियाँ गाडीको आयात बढ्दा उत्तरी नाका चलायमान हुने र दक्षिणी नाकामा सुस्तता देखिन थालेको छ। नेपालमा गाडी आयातको व्यापार भारतबाट चीनमा सिफ्ट हुँदा भन्सारका गतिविधि उत्तरतिर सिफ्ट हुँदै छन्। भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको तुलनामा भारतबाट आयात घट्दा चीनबाट बढेको छ।
भारतबाट जुनसम्म ९ खर्ब ८ अर्ब रुपैयाँबराबरको आयात भएको छ। जो गत वर्षको ९ खर्ब ३७ अर्ब रुपैयाँको तुलनामा २९ अर्बले कम हो। त्यस्तै, चीनबाट जुनसम्म मात्रै २ खर्ब ७२ अर्बको वस्तु आयात भएको छ। गत वर्ष २ अर्ब २३ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो। गत आर्थिक वर्षको तुलनामा ११ महिनामा ४९ अर्ब रुपैयाँ राजस्व बढेको छ।
नेपालको भन्सार विभागले चालु आर्थिक वर्षको सुरुमा तातोपानी भन्सार कार्यालयलाई ४ अर्ब राजस्व संकलन गर्ने लक्ष्य तोक्यो। यो लक्ष्य तोक्दा तातोपानी नाका नियमित थिएन। तर आवागमन नियमित भएसँगै भन्सार राजस्वको लक्ष्य ८ अर्ब ४२ करोड रुपैयाँ पुर्याइदियो। देशभर भन्सार राजस्व संकलन लक्ष्यको ६५ प्रतिशतमा सीमित हुँदा तातोपानीले १५५ प्रतिशत राजस्व उठाइसकेको छ।
‘सुरुमा ४ अर्बलाई संशोधन गरेर ८ अर्ब ४२ करोडको लक्ष्य दिइएको थियो’, तातोपानी भन्सार कार्यालयका भन्सारका अनुसार, ‘१५५ प्रतिशतले वृद्धि भई ४ जुलाईसम्म १३ अर्ब ६ करोड रुपैयाँ संकलन भइरहेको छ।’ कुलमध्ये २ अर्ब बढी राजस्व विद्युतीय गाडीबाटै संकलन भएको छ। बाँकी अन्य वस्तुको आयातबाट उठेको हो।
‘तातोपानी भन्सार सुरुमा नियमित थिएन। चिनियाँले सहज रुपमा वस्तु आयात गर्न दिएका थिएनन्’, भन्सार स्रोतको भनाई छ , ‘चिनियाँले भन्सारबाट मानिसलाई आउजाउ गर्न दिन थालेसँगै कारोबारमा वृद्धि भएको छ।’
उत्तरी नाकामध्ये पनि रसुवागढी नाकाको तुलनामा सडक छोटो, खर्च कम लाग्ने भएकाले तातोपानीबाट आयात बढेको कार्यालयको दाबी छ। अर्को उत्तरी मुख्य नाका रसुवा भन्सारको सुरुको लक्ष्य ११ अर्ब रुपैयाँ रहेको थियो। विद्युतीय गाडी बढ्दै गएपछि विभागले एकै पटक १० अर्ब रुपैयाँले लक्ष्य बढाइदियो। लक्ष्य दोब्बर बनाउँदा पनि ९५ प्रतिशत राजस्व संकलन भइसकेको छ।
‘जुन महिनासम्म लक्ष्यअनुसार नै थियो। जुलाईमा घट्दा करिब ९६ प्रतिशत राजस्व संकलन भएको छ’, रसुवा भन्सारले जानकारी दिएको छ , ‘मई २८ पछि गाडीको आयात घट्यो। चीनको केरुङमा करको विषयमा १५ दिन अवरुद्ध भएपछि थोरैले संशोधित लक्ष्य भेट्टाउन सकेन।’
रसुवाको २० अर्ब ९९ करोड रुपैयाँ राजस्व लक्ष्य दिइएकोमा १९ अर्ब ८० करोड रुपैयाँ उठिसकेको छ। भन्सार कार्यालयका अनुसार विद्युतीय गाडीबाट मात्रै साढे ७ अर्ब बढी राजस्व संकलन भएको छ। ‘गत वर्ष रसुवा भन्सारबाट मात्रै विद्युतीय गाडीको आयात हुँदा लक्ष्यभन्दा बढी रहेको थियो’, ‘अहिले तातोपानीबाट पनि विद्युतीय गाडी आउँदा राजस्व बाँडिएको छ। तर हामीले करिब लक्ष्य भेट्टाएका छौँ।’
वर्षात् सुरु भएसँगै रसुवागढी पुग्ने सडक बिग्रिएकाले विद्युतीय गाडी तातोपानी भन्सारबाट छुट्नथालेको कार्यालयले जनाएको छ।
देशको सबैभन्दा बढी राजस्व संकलन हुने वीरगन्ज भन्सार कार्यालयको ६२.३४ प्रतिशत राजस्व संकलन भएको छ। विभागले वीरगन्जलाई २ खर्ब २४ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो। ‘जुलाई ५ को तथ्यांकअनुसार ६२.३४ प्रतिशत राजस्व लक्ष्य राखिएको हो’, वीरगन्ज भन्सार कार्यालयले बताएको छ , ‘जुलाईसम्म ६५ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ।’
वीरगन्ज कार्यालय हुँदै चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा पाँच खर्ब ५२ अर्ब ९५ करोड रकमबराबरको वस्तु तथा सामान आयात भएको छ। जब कि गत वर्षको सो अवधिमा भने ६ खर्ब ४४ अर्ब रुपैयाँबराबरको आयात भएको थियो।
मईसम्मको अवधिमा एक खर्ब ४१ अर्ब ३० करोड रकम मात्र राजस्व संकलन गरेको छ। जब कि कार्यालयले गत वर्षको सो अवधिमा भने एक खर्ब ४२ अर्ब ३० करोड रूपैयाँबराबरको राजस्व संकलन गरेको थियो।
‘वीरगन्जबाट औद्योगिक कच्चा पदार्थ, डिजेल, गाडीको आयात घट्दो छ’, भंसारले जनायो, ‘विद्युतीय गाडी उत्तरी नाकाबाट भित्रिँदा वीरगन्जको भन्सार घटेको छ।’
वीरगन्जमा पुराना मोडलका ५०० बढी गाडी भन्सार यार्डमा थन्किएका छन्। २०२४ का नयाँ मोडल भने छुटाउने गरेको कार्यालयले जनाएको छ।
वीरगन्ज भन्सार कार्यालयमा २०१८/२०१९ मा र २०१९/२०२० मा लक्ष्यभन्दा निकै कम उठेको थियो। आर्थिक वर्ष २०२०/२०२१ र २०२१/२०२२मा लक्ष्यभन्दा बढी संकलन भएको थियो। गत आर्थिक वर्षमा लक्ष्यको ६०.२२ प्रतिशत मात्रै उठेको थियो।
भैरहवा भन्सार कार्यालयले लक्ष्यको ६३ प्रतिशत हाराहारीमात्रै राजस्व उठेको बताए। ‘गाडी, मेसिनरी सामान, पेट्रोलियम पदार्थ, बिटुमिन, मार्बल टायल र खाद्यान्न वस्तुको आयात नै घटेको छ’, ‘१ खर्ब २७ अर्ब ८३ करोड लक्ष्य राखेकोमा ६३ प्रतिशत मात्रै उठेको छ।’
भन्सारमा आएका २०२४ का गाडी सबै छुटेको र पुराना मोडलका केही गाडी बाँकी रहेको बताउनुभयो। आइसरका ट्रक, सुजुकीलगायत २०२२/२०२३ मोडलका मात्रै बाँकी छन्।
भैरहवा भन्सार कार्यालयका अनुसार विगतमा व्यवसायीले एकै पटक ८०–१०० वटा गाडीको एलसी खोलेर अर्डर गर्न गरेकोमा अहिले ५–७ वटा गाडीको मात्रै एलसी खोलेर ल्याउने गरेको बताए।
‘गाडीको बजारअनुसार मात्रै एलसी खोलेर ल्याउन थालिएको छ। पहिलेजस्तो भन्सारमा गाडी थुप्रिएको अवस्था पनि छैन’, भन्सारले जनाए। भैरहवामा अक्टूबर महिनामा सबैभन्दा कम राजस्व संकलन भएको थियो। विभागले १० अर्ब ६७ अर्ब राजस्व संकलन गर्ने लक्ष्य दिइएकोमा कार्यालयले ४ अर्ब ४९ करोड मात्रै संकलन गरेको थियो।
कार्यालयले सबैभन्दा बढी राजस्व संकलन गरेको थियो। दशैँ तिहारअघि एकै महिना ९ अर्ब ३ करोड संकलन गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ। भैरहवामा गत आर्थिक वर्षमा लक्ष्यको ४९.४१ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो। राजस्व संकलन गर्ने लक्ष्य दिइएकोमा कार्यालयले ४ अर्ब ४९ करोड मात्रै संकलन गरेको थियो।
कार्यालयले सबैभन्दा बढी राजस्व संकलन गरेको थियो। दशैँ तिहारअघि एकै महिना ९ अर्ब ३ करोड संकलन गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ। भैरहवामा गत आर्थिक वर्षमा लक्ष्यको ४९.४१ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो। तुलनामा भारतबाट आयात घट्दा चीनबाट बढेको छ।
भारतबाट जुनसम्म ९ खर्ब ८ अर्ब रुपैयाँबराबरको आयात भएको छ। जो गत वर्षको ९ खर्ब ३७ अर्ब रुपैयाँको तुलनामा २९ अर्बले कम हो। त्यस्तै, चीनबाट जुनसम्म मात्रै २ खर्ब ७२ अर्बको वस्तु आयात भएको छ। गत वर्ष २ अर्ब २३ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो। गत आर्थिक वर्षको तुलनामा ११ महिनामा ४९ अर्ब रुपैयाँ राजस्व बढेको छ।
नेपालको भन्सार विभागले चालु आर्थिक वर्षको सुरुमा तातोपानी भन्सार कार्यालयलाई ४ अर्ब राजस्व संकलन गर्ने लक्ष्य तोक्यो। यो लक्ष्य तोक्दा तातोपानी नाका नियमित थिएन। तर आवागमन नियमित भएसँगै भन्सार राजस्वको लक्ष्य ८ अर्ब ४२ करोड रुपैयाँ पुर्याइदियो। देशभर भन्सार राजस्व संकलन लक्ष्यको ६५ प्रतिशतमा सीमित हुँदा तातोपानीले १५५ प्रतिशत राजस्व उठाइसकेको छ।
‘सुरुमा ४ अर्बलाई संशोधन गरेर ८ अर्ब ४२ करोडको लक्ष्य दिइएको थियो’, तातोपानी भन्सार कार्यालयका भन्सारका अनुसार , ‘१५५ प्रतिशतले वृद्धि भई ४ जुलाईसम्म १३ अर्ब ६ करोड रुपैयाँ संकलन भइरहेको छ।’ कुलमध्ये २ अर्ब बढी राजस्व विद्युतीय गाडीबाटै संकलन भएको छ। बाँकी अन्य वस्तुको आयातबाट उठेको हो।
‘तातोपानी भन्सार सुरुमा नियमित थिएन। चिनियाँले सहज रुपमा वस्तु आयात गर्न दिएका थिएनन्’, भन्सार स्रोतको भनाई छ, ‘चिनियाँले भन्सारबाट मानिसलाई आउजाउ गर्न दिन थालेसँगै कारोबारमा वृद्धि भएको छ।’
उत्तरी नाकामध्ये पनि रसुवागढी नाकाको तुलनामा सडक छोटो, खर्च कम लाग्ने भएकाले तातोपानीबाट आयात बढेको कार्यालयको दाबी छ। अर्को उत्तरी मुख्य नाका रसुवा भन्सारको सुरुको लक्ष्य ११ अर्ब रुपैयाँ रहेको थियो। विद्युतीय गाडी बढ्दै गएपछि विभागले एकै पटक १० अर्ब रुपैयाँले लक्ष्य बढाइदियो। लक्ष्य दोब्बर बनाउँदा पनि ९५ प्रतिशत राजस्व संकलन भइसकेको छ।
‘जुन महिनासम्म लक्ष्यअनुसार नै थियो। जुलाईमा घट्दा करिब ९६ प्रतिशत राजस्व संकलन भएको छ’, रसुवा भन्सारले जानकारी दिएको छ , ‘मई २८ पछि गाडीको आयात घट्यो। चीनको केरुङमा करको विषयमा १५ दिन अवरुद्ध भएपछि थोरैले संशोधित लक्ष्य भेट्टाउन सकेन।’
रसुवाको २० अर्ब ९९ करोड रुपैयाँ राजस्व लक्ष्य दिइएकोमा १९ अर्ब ८० करोड रुपैयाँ उठिसकेको छ। भन्सार कार्यालयका अनुसार विद्युतीय गाडीबाट मात्रै साढे ७ अर्ब बढी राजस्व संकलन भएको छ। ‘गत वर्ष रसुवा भन्सारबाट मात्रै विद्युतीय गाडीको आयात हुँदा लक्ष्यभन्दा बढी रहेको थियो’, ‘अहिले तातोपानीबाट पनि विद्युतीय गाडी आउँदा राजस्व बाँडिएको छ। तर हामीले करिब लक्ष्य भेट्टाएका छौँ।’
वर्षात् सुरु भएसँगै रसुवागढी पुग्ने सडक बिग्रिएकाले विद्युतीय गाडी तातोपानी भन्सारबाट छुट्नथालेको कार्यालयले जनाएको छ।
देशको सबैभन्दा बढी राजस्व संकलन हुने वीरगन्ज भन्सार कार्यालयको ६२.३४ प्रतिशत राजस्व संकलन भएको छ। विभागले वीरगन्जलाई २ खर्ब २४ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो। ‘जुलाई ५ को तथ्यांकअनुसार ६२.३४ प्रतिशत राजस्व लक्ष्य राखिएको हो’, वीरगन्ज भन्सार कार्यालयले बताएको छ , ‘जुलाईसम्म ६५ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ।’
वीरगन्ज कार्यालय हुँदै चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा पाँच खर्ब ५२ अर्ब ९५ करोड रकमबराबरको वस्तु तथा सामान आयात भएको छ। जब कि गत वर्षको सो अवधिमा भने ६ खर्ब ४४ अर्ब रुपैयाँबराबरको आयात भएको थियो।
मईसम्मको अवधिमा एक खर्ब ४१ अर्ब ३० करोड रकम मात्र राजस्व संकलन गरेको छ। जब कि कार्यालयले गत वर्षको सो अवधिमा भने एक खर्ब ४२ अर्ब ३० करोड रूपैयाँबराबरको राजस्व संकलन गरेको थियो।
‘वीरगन्जबाट औद्योगिक कच्चा पदार्थ, डिजेल, गाडीको आयात घट्दो छ’, भंसारले जनायो , ‘विद्युतीय गाडी उत्तरी नाकाबाट भित्रिँदा वीरगन्जको भन्सार घटेको छ।’
वीरगन्जमा पुराना मोडलका ५०० बढी गाडी भन्सार यार्डमा थन्किएका छन्। २०२४ का नयाँ मोडल भने छुटाउने गरेको कार्यालयले जनाएको छ।
वीरगन्ज भन्सार कार्यालयमा २०१८/२०१९ मा र २०१९/२०२० मा लक्ष्यभन्दा निकै कम उठेको थियो। आर्थिक वर्ष २०२०/२०२१ र २०२१/२०२२मा लक्ष्यभन्दा बढी संकलन भएको थियो। गत आर्थिक वर्षमा लक्ष्यको ६०.२२ प्रतिशत मात्रै उठेको थियो।
भैरहवा भन्सार कार्यालयले लक्ष्यको ६३ प्रतिशत हाराहारीमात्रै राजस्व उठेको बताए। ‘गाडी, मेसिनरी सामान, पेट्रोलियम पदार्थ, बिटुमिन, मार्बल टायल र खाद्यान्न वस्तुको आयात नै घटेको छ’, ‘१ खर्ब २७ अर्ब ८३ करोड लक्ष्य राखेकोमा ६३ प्रतिशत मात्रै उठेको छ।’
भन्सारमा आएका २०२४ का गाडी सबै छुटेको र पुराना मोडलका केही गाडी बाँकी रहेको बताउनुभयो। आइसरका ट्रक, सुजुकीलगायत २०२२/२०२३ मोडलका मात्रै बाँकी छन्।
भैरहवा भन्सार कार्यालयका अनुसार विगतमा व्यवसायीले एकै पटक ८०–१०० वटा गाडीको एलसी खोलेर अर्डर गर्न गरेकोमा अहिले ५–७ वटा गाडीको मात्रै एलसी खोलेर ल्याउने गरेको बताए।
‘गाडीको बजारअनुसार मात्रै एलसी खोलेर ल्याउन थालिएको छ। पहिलेजस्तो भन्सारमा गाडी थुप्रिएको अवस्था पनि छैन’, भन्सारले जनाए। भैरहवामा अक्टूबर महिनामा सबैभन्दा कम राजस्व संकलन भएको थियो। विभागले १० अर्ब ६७ अर्ब राजस्व संकलन गर्ने लक्ष्य दिइएकोमा कार्यालयले ४ अर्ब ४९ करोड मात्रै संकलन गरेको थियो।
कार्यालयले सबैभन्दा बढी राजस्व संकलन गरेको थियो। दशैँ तिहारअघि एकै महिना ९ अर्ब ३ करोड संकलन गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ। भैरहवामा गत आर्थिक वर्षमा लक्ष्यको ४९.४१ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो। राजस्व संकलन गर्ने लक्ष्य दिइएकोमा कार्यालयले ४ अर्ब ४९ करोड मात्रै संकलन गरेको थियो।
कार्यालयले सबैभन्दा बढी राजस्व संकलन गरेको थियो। दशैँ तिहारअघि एकै महिना ९ अर्ब ३ करोड संकलन गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ। भैरहवामा गत आर्थिक वर्षमा लक्ष्यको ४९.४१ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो।