अल स्टार बागडोग्राको रोमाञ्चक जीत

photocollage_202479105741244

दुधे: राई गाउँ फूटबल क्लब (आरजीएफसी)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा अल स्टार बागडोग्राले दोस्रो राउण्डमा प्रवेश गऱ्यो। दुधे फूटबल मैदानमा सोमवार भएको रोमाञ्चक म्याचमा अल स्टार बागडोग्राले सीबीएफसी सालबारीलाई पेनल्टी शूटआउटमा ७-६-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा सीबीएफसी सालबारीबाट अमनले सातौं मिनट र अल स्टार बागडोग्राबाट राजकुमारले १२औं मिनटमा गोल गरे। म्याचमा रेफरीको भूमिका प्रवीण प्रधानले निर्वाह गरेका थिए। यसरी सहायक रेफरीको भूमिकामा रुस्तम प्रधान र सुकराज राई थिए जबकि कुणाल छेत्री फोर्थ अफिसियल रहेका थिए। अब मंगलवार खेलिने म्याचमा अमन सेभेन लंगभ्यू र मौसम सेभेन दुधेबीच भिड़न्त हुनेछ। म्याच दिउँसो ३ बजीदेखि शुरु हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १० र ११ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ भनी आयोजक समितिको पक्षमा विशाल सुब्बाले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement