हल्दीबारीमा सामाजिक संजालको विषयलाई लिएर कुटपिट

IMG-20240709-WA0077

बिराटनगर: झापाको हल्दीबारी गाउँपालिकामा सामाजिक संजालमा पोस्ट गरेको विषयलाई लिएर कुटपिट भएको छ। केही दिन अगाडी सामाजिक संजालमा पोस्ट गरेको विषयलाई लिएर टिका राउतले खगेन राजवंशीलाई गाली गलौज गर्दै कुटपिट गरेकी हुन्। हिजो दिउँसो २ बजे हल्दीबारी गाउँपालिकाको वडा न–२ पारोखोपीस्थित भेलागुरी सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा बसिरहेका बसमय समितिका सचिबसमेत रहेका खगेन राजवंशीलाई टिका राउतको नेतृत्वमा उनकै दाजुभाइ गरी करिब ५–६ जनाको समूहले गाली गलौजका साथै कुटपिट गरेका हुन्। कुटपिटबाट राजवंशी घाइते भएका छन्। उनको आँखामा चोट लागेको बताइएको छ। घटनापछि राउतका दाजुभाइ बालकुमार पौडेल र सन्तोष पौडेललाई प्रहरीले पक्राउ गरेको छ। दुबै जना साथी–साथी भएपनि आफूलाई इंगित गरी केही दिनदेखि सामाजिक संजालमा लेखेपछि सो विषयमा विवाद हुँदा कुटाकुट भएको राउतले बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement