उदयपुरमा खोलाले बगाउँदा एक पुरुषको मृत्यु

IMG-20240707-WA0005

बिराटनगर: उदयपुरको बेलका नगरपालिका वडा नं. ३ सातपत्रेमा गिदेरी खोलाले बगाउँदा एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी डिएसपी राजन चापागाईका अनुसार मृतक ५० वर्षीय इन्द्र बहादुर बुढाथोकी हुन्। बुढाथोकीलाई खोलाले बगाएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट तत्काल प्रहरी टोली परिचालन गरिएको थियो। खोजी कार्यमा खटिएको प्रहरी टोलीले बुढाथोकीको शव फेला पारेको हो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि मृतकको शव आफन्तलाई बुझाइएको डिएसपी चापागाईले जानकारी दिए। स्थानीय प्रशासनले वर्षायाममा खोला नजिक जाँदा सावधानी अपनाउन स्थानीयवासीलाई समेत अनुरोध गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement