सामुदायिक विद्यालयमा विद्यार्थीले के–के पाउँछन् सुविधा

IMG-20240709-WA0079

विराटनगर: सामुदायिक विद्यालयले विभिन्न सेवा सुविधा पाईरहेका छन्। सामुदायिक विद्यालयमा अनिवार्य निःशुल्क शिक्षाका लागि विभिन्न सुविधा उपलब्ध हुने गरेका छन्। विद्यार्थीका लागि दिवा खाजाको समेत ब्यवस्था हुने गरेको छ। अहिले विराटनगर महानगरपालिका भित्र ५५ सामुदायिक विद्यालय र २० धार्मिक विद्यालय संचालनमा रहेको छन्। राज्यले सार्वजानिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागी कक्षा १ देखि ८ सम्मको शिक्षा अनिवार्य र निःशुल्क रुपमा प्रदान गरिरहेको छ। कक्षा ९ देखि १२ सम्म निःशुल्क रुपमा शिक्षा प्रदान गर्ने व्यवस्था छ। विद्यालय मार्फत कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई दिवा खाजाको ब्यवस्था गरेको छ। यस्तै कक्षा १ देखि ८ सम्मका विभिन्न लक्षित वर्गका विद्यार्थीहरुलाई छात्रवृत्तिको सुविधा पनि दिईएको छ।यसैगरी एक देखि १२ कक्षासम्मका विद्यार्थीले निःशुल्क पाठ्यपुस्तकको सुविधा पाईरहेको महानगरका शैक्षिक महाशाखा प्रमुख कृष्ण भट्टराईले जानकारी दिए। हरेक सामुदायिक विद्यालयले सेनेटरी प्याड सहित अन्य स्वास्थ्य सेवा समेत उपलब्ध गराउँदै आएको छ।

About Author

Advertisement