पीभी सिन्धु र शरत कमल ध्वजवाहक, गगन नारंग शेफ-डी-मिशन

IMG-20240709-WA0097

नयाँ दिल्ली: पेरिस ओलम्पिक शुरु हुन अब केवल १७ दिन बाँकी छ। यसपाली दुईपल्टकी ओलम्पिक पदक विजेता तथा २०१९-की वर्ल्ड च्याम्पियन ब्याडमिण्टन दिग्गज पीभी सिन्धु र अनुभवी टेबल टेनिस खेलाड़ी ए शरथ कमल पेरिस ओलम्पिकको उद्घाटन समारोहमा भारतीय दलको ध्वजवाहक हुनेछन्। यसरी दिग्गज शूटर गगन नारंगलाई पेरिसको निम्ति शेफ-डी-मिशनको रूपमा चयन गरिएको छ। यस भूमिकाको निम्ति पहिला महिला बक्सर एमसी मेरिकोमलाई चयन गरिएको थियो तर उनले पछिबाट यस भूमिकाबाट नाम फिर्ता लिएकी थिइन्। भारतीय ओलम्पिक संघ (आईओए)-की अध्यक्ष पीटी उषाले भनिन्, दुईपल्ट ओलम्पिक पदक जित्ने भारतकी एकमात्र महिला पीभी सिन्धु ओलम्पिकको उद्घाटन समारोहमा टेबल टेनिस स्टार ए शरथ कमलसँग महिला ध्वजवाहक हुनेछिन्। अहिले वर्ल्ड ऱ्याङकिंगमा १२औं स्थानमा रहने सिन्धु गत केही सालदेखि भारतीय ब्याडमिण्टनको उज्ज्वलतम नक्षत्र रहेकी छन्।
सिन्धुले २०१६-को रियो ओलम्पिकमा रजत पदक जितेर इतिहास रचेकी थिइन्। उनी ओलम्पिक ब्याडमिण्टनको फाइनलमा पुग्ने पहिलो भारतीय हुन्। त्यसपछि सिन्धुले २०१९-मा फेरि ऐतिहासिक सफलता हासिल गरेकी थिइन्। त्यस समय उनी प्रतिष्ठित ब्याडमिण्टन वर्ल्ड च्याम्पियनशीप जित्ने पहिलो भारतीय बनेकी थिइन्। सिन्धुले पछिबाट टोक्यो ओलम्पिकमा पनि काँस्य पदक जितेकी थिइन्। यसरी उनी दुईपल्ट ओलम्पिक पदक जित्ने पहिलो अनि एकमात्र महिला भारतीय एथलीट बनेकी थिइन्।
आईओए अध्यक्ष पीटी उषाले बताएअनुसार, मेरीकोमले राजीनामा दिएपछि ४१ वर्षीय गगन नारंगलाई डेपुटी शेफ-डी-मिशनको पदबाट पदोन्नति गर्नु एउटा स्वचालित विकल्प थियो। उल्लेखनीय छ, शूटर गगन नारंग चारपल्टका ओलम्पियन अनि २०१२ ओलम्पिक खेलहरूमा पुरुषहरूका १० मीटर एयर राइफल स्पर्धाका काँस्य पदक विजेता हुन्। उषाले भनिन्, हाम्रा एथलीटहरू पेरिस २०२४ ओलम्पिक खेलहरूमा भारतको निम्ति सर्वश्रेष्ठ परिणाम दिन सम्पूर्ण रूपले तयार रहेको मलाई विश्वास छ।

About Author

Advertisement