मुख्यमन्त्री पेमा खाण्डुले केन्द्रीय मन्त्री खट्टरलाई अरुणाचलमा जनाए स्वागत

Arunachal-1

इटानगर: मुख्यमन्त्री पेमा खान्डुले केन्द्रीय ऊर्जा र आवास र शहरी मामिला मन्त्री मनोहरलाल खट्टरलाई अरुणाचल प्रदेशमा न्यानो स्वागत गरे। माइक्रोब्लगिङ साइट एक्समा उनले  आफ्नो उत्साह व्यक्त गर्दै भने,  ‘माननीय केन्द्रीय उर्जा तथा आवास एवं शहरी मामिलामन्त्री श्री मनोहरलाल खट्टरजी अरुणाछल प्रदेशमा न्यानो स्वागत छl यो हाम्रो राज्यको लागि महत्त्वपूर्ण क्षण हो, किनकि हामी विकास र प्रगतिको लागि हाम्रो सहयोगी प्रयासहरूलाई सुदृढ गर्दैछौं।‘ यो भ्रमणले अरुणाचल प्रदेशका जनतालाई फाइदा पुर्‍याउने उद्देश्यले फलदायी छलफल र नवीन पहलहरूको लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement