जातीय द्वन्द्वको राजनीतिक समाधान खोज्न जनजाति संगठनद्वारा विपक्षी नेता राहुल गान्धीलाई आग्रह

Assam-01

इम्फाल: आदिवासी जनजाति नेता फोरम (आईटीएलएफ), मणिपुरमा आदिवासीहरूको शीर्ष निकायले सोमबार लोकसभामा विपक्षी नेता राहुल गान्धीलाई जातीय हिंसाको तत्काल राजनीतिक समाधान खोज्न आग्रह गरेको छl  मणिपुरको जिरिबाम र चुराचन्दपुर जिल्लाका राहत शिविरको भ्रमण गरे, जहाँ जातीय द्वन्द्वपछि हजारौं हिंसापीडितले आश्रय लिएका छन् र उनीहरूसँग अन्तरक्रिया गरे। चुराचन्दपुरमा, आईटीएलएफका अध्यक्ष पागिन हाओकिप र महासचिव मुआन टोम्बिङको नेतृत्वमा रहेको आईटीएलएफ नेताहरूको प्रतिनिधिमण्डलले विपक्षी नेतालाई भेटेर मणिपुरमा हिंसा र अत्याचारको चक्र तोड्न तत्काल राजनीतिक समाधानको माग गर्दै ज्ञापनपत्र बुझायो। बहुसंख्यक समाजबाट फैलिएको रक्तपात र कट्टरपन्थीका कारण कुकी-जो अल्पसंख्यकले मणिपुरमा कहिल्यै पनि सम्मानजनक र सुरक्षित जीवन बिताउन नसक्ने कुरा स्पष्ट छ,’ ज्ञापनपत्रमा भनिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement