कोलम्बो: भारतविरुद्ध यस महिनाको अन्तमा हुने सीमित ओभरहरूका घरेलु सीरीज निम्ति श्रीलंकाका पूर्व कप्तान सनथ जयसूर्यालाई आयोजक टीमका अन्तरिम मुख्य प्रशिक्षक नियुक्त गरिएको छ। भारतीय टीमले श्रीलंका यात्रामा ३ वटा टी२० अन्तर्राष्ट्रिय र ३ वटा वनडे म्याच खेल्नेछ। टी२० सीरीज २७ जुलाईदेखि शुरु हुनेछ। पूर्व दिग्गज अलराउण्डर ५५ वर्षीय जयसूर्याले प्रशिक्षक पदमा ईंग्ल्याण्डका क्रिस सिल्वरवुडको स्थान लिनेछन्। सिल्वरवुडले टी२० वर्ल्ड कपमा श्रीलंकाई टीमको खराब प्रदर्शनपछि राजीनामा दिएका थिए। वेष्ट इण्डिज र अमेरिकामा भएको वर्ल्ड कपमा श्रीलंकाई टीमले ग्रुप चरणमै विदा लिएको थियो। जयसूर्याले श्रीलंकाको ईंग्ल्याण्ड टेस्ट यात्रामा पनि जिम्मेवारी सम्हाल्नेछन्। जयसूर्या यसअघि टीमका मुख्य चयनकर्ता पनि रहेका थिए। उनी टी२० वर्ल्ड कपको अवधि टीमका सल्लाहकार पनि थिए। जयसूर्याले १९९१ देखि २००७-बीच श्रीलंकाको निम्ति ११० वटा टेस्टमा १४ वटा शतक र ३१ वटा अर्द्धशतकको साथ ६९७३ रन बनाए। यसरी उनले ४४५ वटा वनडे म्याचमा २८ वटा शतक र ६८ वटा अर्द्धशतकको सहायताले १३४३० रन बनाए। जयसूर्याले टेस्टमा ९८ अनि वनडेमा ३२३ विकेट पनि लिएका छन्। साल १९९६- मा श्रीलंकालाई वर्ल्ड कप च्याम्पियन बनाउनमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।