सिक्किमका पूर्वमन्त्री आरसी पौड्याल बेपत्ता

WhatsApp-Image-2024-07-08-at-22.36.42

गान्तोक: सिक्किमका पूर्वमन्त्री रामचन्द्र पौड्याल (आरसी पौड्याल) हिजो ७ जुलाई २०२४ को बिहानदेखि बेपत्ता छन्। हिजो बिहान ९ बजे घरबाट तल्तिर सेतीपुलमा अन्तरी दिदीको घरमा जाने भनी उनी छोटा सिङतामस्थित निवासबाट निस्किएका थिए। दिउँसो २ बजे घर आइपुग्छु भनी हिँडेका पौड्यालको ३६ घण्टा बितिसक्दा पनि कुनै सुइँको पाइएको छैन। बेलुकीसम्म घर नआइपुग्दा  परिवारले आफन्तहरू सबैसँग सम्पर्क गरिसकेपछि हिजो नै पाकिम थानामा जीडी दर्ता गरेको थियो। घरबाट निस्कँदा उनले कुर्ता पाइजामा लगाएका थिए। कसैले पनि कतै उनलाई देखेको खण्डमा ८५०९४०९२६८, ७७९७५७५८८७ नम्बरमा सूचना दिन उनका परिवारले अनुरोध गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement