बेंगलुरु: टोक्योमा काँस्य पदक जित्ने भारतीय पुरुष हकी टीमले पेरिस ओलम्पिक अघि स्विट्जरल्याण्डमा चर्चित माइक हर्स बेसको निम्ति प्रस्थान गऱ्यो। त्यहाँबाट टीमले नीदरल्याण्डमा एउटा अभ्यास शिविरमा हिस्सा लिनेछ। स्विट्जरल्याण्डमा ३ दिने शिविर खेलाड़ीहरूलाई मानसिक रूपले मजबूत बनाउन राखिएको छ। त्यसपछि टीम नीदरल्याण्ड गएर अभ्यास म्याच खेल्नेछ अनि त्यहाँबाट पेरिस प्रस्थान गर्नेछ। टीमसँग प्रस्थान गर्न अघि कप्तान हरमनप्रीत सिंहले भने, हामीले बेंगलुरुमा २ हप्ताको शिविरमा कठोर मेहनत गऱ्यौं। अब स्विट्जरल्याण्डको माइक हर्न गइरहेका छौं, जुन साहसिक गतिविधिहरूका केन्द्र हो। त्यसपछि टीमले नीदरल्याण्ड र मलेशियासँग अभ्यास म्याच खेल्नेछ। भारतीय टीम २० जुलाईमा पेरिस पुग्नेछ। भारतले पेरिस ओलम्पिकमा २७ जुलाईमा न्यूजील्याण्डविरुद्ध म्याचको साथ अभियान शुरु गर्नेछ। भारतको ग्रुपमा अर्जेण्टिना, आयरल्याण्ड, बेल्जियम र अष्ट्रेलिया पनि रहेको छ। प्रत्येक ग्रुपबाट शीर्ष ४-मा रहने टीमहरूले नक्आउट राउण्डमा स्थान बनाउनेछ।