सोरेङ वरिष्ठ माध्यमिक विद्यालयले सुब्रतो कपमा सहभागिता जनाउने निश्चित

IMG-20240708-WA0249

गान्तोक: राज्यको खेलकूद एवम युवा मामिला विभागको पहलमा आज नाम्ची जिल्लाको भाइचुङ स्टेडियममा राज्यस्तरीय प्रि- सुब्रतो कप फुटवल प्रतियोगिता आयोजना गरियो। विशेष गरेर यस अवसरमा १७ वर्ष भन्दा कम उमेरका किशोरीहरूले सहभागिता जनाएका थिए।गत ६ जुलाईदेखि आयोजना गरिएको यस प्रतियोगिताको फाइनल खेल आज सम्पन्न भयो। उक्त प्रतियोगितामा मुख्य अतिथिकोरूपमा पूर्व राष्ट्रीय फुटवल खेलाडी साथै नाम्ची फुटवल एसोसिएसनका महासचिव साम्तेन भोटिया मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। यस प्रतियोगितामा गान्तोक, नाम्ची,सोरेङ, पाकिम र गेजिङ जिल्लाका खेलाडीहरूले सहभागिता जनाएका थिए। आजको फाइनल खेल सोरेङ बनाम नाम्ची आसाङथाङ विद्यालयबीच सम्पन्न भएको थियो। यस खेलमा सोरेङ विद्यालयले नाम्ची आसाङथाङ विद्यालयलाई शून्यको विरूद्ध १० गोल गर्दै ट्रफी आफ्नो टोलीको नाममा दर्ता गर्न सफल बन्यो। यसर्थ सोरेङ वरिष्ठ माध्यमिक विद्यालयले आगामी दिनमा दिल्लीमा सम्पन्न हुने सुब्रतो कप अन्तराष्ट्रीय फुटवल प्रतियोगितामा सहभागिता जनाउने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement