महिला सशक्तिकरणलाई लिएर एक दिवसीय सचेतना कार्यक्रम आयोजित

IMG-20240708-WA0247

गान्तोक: पाकिम जिल्लाको डिस्ट्रिक्ट हब फर इम्पावरमेन्ट अफ् वुमेनको पहलमा आज भारतीय निया सनहितामाथि एक दिवसीय कार्यक्रम वन स्टप वन सेन्टरको कार्यालयमा एक दिवसीय सचेतना कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रममा सामाजिक न्याय एवम कल्याण विभागकी उपनिर्देशक डिकित लेप्चा, वन स्टप वन सेन्टरकी प्रशासिका छोङकी भोटिया लगायत विभिन्न विभागका अधिकारीहरूले सहभागिता जनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै अधिवक्ता धिरेन सुब्बाले मिशन शक्ति शुरू गरिनुको मुख्य उद्देश्य र लक्ष्यबारे जानकारी गराए।स्रोतवक्ताकोरूपमा उपस्थित सुब्बाले महिला केन्द्रित योजनाबारे विस्तृतरूपमा अवगत गराए। उनले बीएनएसको प्रावधानहरू पनि प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement