विभिन्न क्षेत्रमा उपलब्धि हासिल गर्ने किशोरीहरूलाई सम्मान जनाइयो

IMG-20240708-WA0245

गान्तोक: विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याउँने र उपलब्धि हासिल गर्ने किशोरीहरूलाई बेटी बचाओ बेटी पढाऔ कार्यक्रम अन्तर्गत अभिनन्दन जनाइयो। मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा आयोजित उक्त कार्यक्रममा विशेष गरेर खेलकूद, शिक्षा लगायत अन्य क्षेत्रमा उपलब्धि हासिल गर्न सफल बनेका किशोरीहरूलाई एक कार्यक्रमको आयोजना गर्दै अभिनन्दन जनाएको हो। उक्त कार्यक्रममा जिल्लापाल अन्नत जैन, महकुमा अधिकारी पेमा वाङछेन लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य विभिन्न क्षेत्रहरूमा उत्कृष्ट प्रदर्शन गर्दै उपलब्धि हासिल गरेका महिलाहरूलाई मान्यता दिनको साथै प्रेरणा दिएर शिक्षा र महिलाहरूलाई सशक्तिकरण मार्फत लैङ्गिक समानतालाई बढावा दिनु थियो। मंगन जिल्ला अन्तर्गत ११ वटा विद्यालयबाट माध्यमिक परीक्षामा ७० प्रतिशत भन्दा अधिक अङ्क ल्याएर उतिर्ण हुने विदयार्थीहरूलाई पनि अभिनन्दन जनाइयो। यसै क्रममा खेलकूदको क्षेत्रमा साङ डोल्मा तामाङ र छुमित लेप्चा, भ्लगर्समा पासाङकित लेप्चा र छिरिङ ओङकित लेप्चा सामेल रहेका छन् भने छिरिङ छोडेन र पेमा छुडेन लगायत अन्यहरूलाई पनि अभिनन्दन जनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement