रंग पचेराको कार्यमा सबैलाई सहभागिता जनाईदिने अजय एडवाडर्सको अपिल
दार्जीलिङ: बलाबास ब्रीजको निर्माण कार्य प्रायः पूरा भई सकेको छ। सिंगताम चिया बगानको फेदीमा बलुवाबास खोलाकोमाथि ब्रीज निर्माणको कार्य प्रायः पूरा भईसकेको छ। गत केही महिना अघि हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्स सिंगताम चिया कमानको भ्रमणमा गएका थिए। त्यस अवधि स्थानीय गाउँलेहरूले बलुवाबास खोलामाथि अंग्रेज शासनकालमा निर्माण गरिएको जीर्णावस्थामा पुगीसकेको ब्रीजको निर्माण कार्य गरीदिने अनुरोध गरेका थिए। स्थानीय गाउँलेहरूको अनुरोधलाई आत्मासात गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बलुवाबासमा ब्रीजको निर्माण गरी दिने वचन दिएका थिए।बलुवाबास ब्रीज भएर सिंगताम चिया कमान, सोम चिया कमान, चुङथुङ चिया कमान, ऋषिहाट चिया कमानको बासिन्दाहरू पूल बजार बिजनबारी आउने – जाने सबैभन्दा छोटो र सजिलो मार्ग हुन तर गत धेरै वर्ष अघिदेखि ब्रीज जीर्णावस्थामा पुगेको हुनाले यो ब्रीज भएर हिँड्ने जोखिमपूर्ण रहेको बताउँदै आईरहेका थिए।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले ब्रीज निर्माण गरी दिने वचन दिन्दै यसको निम्ति एकबद्व भएर निर्माण कार्य गर्नुपर्छ भन्ने आफ्नो पक्ष राखे अनि स्थानीय समाज, संघ संस्था सबै एकबद्व भएर श्रम टदान दिन्दै बलुवाबास ब्रीजको निर्माण कार्य शुरू गरियो। ब्रीज निर्माण कार्यको निम्ति दुईचोटी ढलाई कार्य गरियो जसको फलस्वरूप बलुवाबास ब्रीज निर्माणको कार्य प्रायः पूरा भईसकेको छ।कमसेकम एक सय तीस फुटभन्दा लामो दुरी भएको यस बलुवाबास ब्रीजमा आइताबार पारेर रंग पचेराको कार्य गर्ने योजना बनाएका छन् अनि उक्त कार्यमा सबै समाज, संघ संस्था साथै स्थानीय मानिसहरूलाई पुनः उपस्थित रहेर सहयोगको हात बडाई दिने अजय एडवाडर्सले अनुरोध गरेका छन्।