मृतक प्रकाश थापाको परिवारलाई जीटीएकाेबाट तीन लाख रुपियाँको सहायता राशि प्रदान

IMG-20240708-WA0196

मङ्पु: गत ४ जुलाई २०२४ को दिन अविरल वर्षामाझ रुख ढलेर मङपू सिनकोना बगानमा कार्यरत प्रकाश थापाको मृत्यु भएको थियो। जीटीए प्रमुख कार्यपाल अनित थापाको निर्देशमा स्वर्गीय प्रकाश थापाको परिवारलाई सहायता राशिको रूपमा 3 लाख रुपियाँ प्रदान गरिने स्थानीय सभासद रतन थापाले घोषणा गरेका थिए।

त्यही घोषणा अनुसार आज जीटीए प्रमुख अनित थापाले मृतकको परिवारसँग परिवारकै वासस्थानमा भेटघाट गरेका थिए। उनले मृतकको परिवारलाई समवेदना प्रकट गरेका थिए। उक्त घोषणा गरे अनुसार जीटीएको तर्फबाट ३ लाख रुपियाँको चेक हस्तान्तरण गरेका छन्।
उनले विभागसँग कुराकानी गरेर परिवारको एक सदस्यलाई नोकरी दिलाउने पहल पनि सुरु गरेको जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement