खरसाङ: खरसाङ नगरपालिकाको वार्ड नम्बर १८ स्थित भानु वेलफेयर अर्गनाइजेसनका महिलाहरुको एउटा टोलीद्वारा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ। उक्त वृक्ष रोपणके कार्य क्यासल्टन चियाबारी परिसरमा गरिएको छ। अर्गनाइजेसनका अध्यक्ष शशी आलेले जानकारी दिए अनुसार वृक्ष रोपनको निम्ति अमृता शर्माले फरेस्ट विभागबाट बिरुवाहरू उपलब्ध गराएका थिए। बिरुवाहरू सबै फलका विरुवा हुन्। त्यसरी नै आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द आलेले पनि आफ्नो सहभागिता दिएका थिए। उनले वृक्ष रोपण कार्यमा सहयोग पनि गरेका थिए।
अर्गनाइजेसनका सचिव सरोज चौहानले वृक्ष रोपणको औचित्यमाथि भनिन् – ‘पृथ्वीले हामीलाई धेरै कुरा दिएका छन्। हामी वातावरणको सबै कुरा प्रयोग गर्छौ। तर हामीले पृथ्वीलाई के फर्काउने? वृक्ष रोपणले वातावरणको संरक्षण हुनेछ भन्ने मनसायले नै हामीले यो कार्यक्रम गरेका हौं। हामीले फलका बिरुवा रोपेका छौं। बिरुवा रूखमा परिणत भए बाटामा हिँड्ने कसैले पनि फल खानु सक्नेछन्।’

भानु वेलफेयर अर्गनाइजेसनका अमृता शर्मा, सबिना प्रधान, हुस्ना बानु, संगीता शर्मा, ज्योति राई, एलिजाबेथ, मीना सराईले वृक्षारोपण गरेका थिए।