इम्फाल: कांग्रेस सांसद तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धी आज मणिपुरको राजधानी इम्फाल पुगेका छन्। यहाँ उनले राहत शिविरको भ्रमण गरे अनि हिंसाबाट प्रभावित मानिसहरूसित भेट गरे। आज साँझ राहुल गान्धीले मणिपुरका राज्यपाल अनुसुया उइकेलाई साँझ भेट्ने कार्यक्रम रहेको छ। यसपछि राहुल गान्धीले साँझ ६:१५ बजे मणिपुर कांग्रेस कार्यालयमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन्। इम्फालमा, राहुल गान्धीले जिरिबाम उच्च माध्यमिक विद्यालय राहत शिविरको भ्रमण गरे अनि त्यहाँ हिंसा पीडितहरूलाई सहयोग गरे। चाँडै राहुल गान्धी मणिपुरको चुराचन्दपुर जिल्लाको तुइबोङमा रहेको सद्भावना मण्डपमा रहेको राहत शिविरको भ्रमण गर्नेछन्। यसअघि राहुल गान्धी सोमबार असम गएका थिएl लखीपुरको फुलेरतालस्थित राहत शिविरमा बाढीपीडितलाई भेटे। कांग्रेस पार्टीको आधिकारिक ह्यान्डलमा पोस्ट गरिएको छ, ‘हिंसापछिको मणिपुरको उनको तेस्रो भ्रमणले जनताको हितप्रति उनको अटल प्रतिबद्धता देखाउँछ।‘ असमको फुलेरतालमा रहेको राहत शिविरको भ्रमण गरेपछि राहुल गान्धी मणिपुरका तीन फरक स्थानमा रहेको राहत शिविरको भ्रमण गर्न प्रस्थान गरेका छन्। उल्लेखनीय छ कि गत वर्ष ३ मईमा उत्तरपूर्वी राज्यमा हिंसा भड्किएको थियो।