खरसाङ: खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्री प्रधानको र प्राणी सम्पदा विभागको कर्माध्यक्ष साजन दर्जीको विशेष पहलमा खरसाङ खण्ड अन्तर्गत पर्ने तीनवटा ग्राम पञ्चायतहरूमा खुखुराको चल्लाहरू वितरण गरिएको छ। उक्त तीनवटा ग्राम पञ्चायतहरूमा क्रमैले सन्त मेरिज दुई, सन्त मेरिज ग्राम पञ्चायत तीन र चिमनी देवराली ग्राम पञ्चायत गरेर जम्मा नौ हजार (९०००) चल्लाहरू वितरण गरिएको छ।

उक्त चल्ला वितरण कार्यक्रम तीनवटै ग्राम पञ्चायतहरूमा मानिसहरूलाई वितरण गरिएको जानकारी प्राप्त भएको छ। विशेष कुखुरा पालनद्वारा मानिसरूलाई स्वनिर्भर बनाउन र राम्रो आय आर्जनको लागि मानिसहरूलाई कुखुराको चल्लाहरू खरसाङ खण्ड पञ्चायत समितिको तर्फबाट वितरण गरिएको बताइएको छ। उक्त चल्ला वितरण कार्यक्रममा पञ्चायत समिति सदस्यहरू, पञ्चायत सदस्यहरू साथै भागोप्रमोको प्रतिनिधिहरू र प्राणी सम्पदा विभागको विभागीय अधिकारीहरू र कर्मचारीहरू उपस्थित रहेका थिए। चिमनी देवराली ग्राम पञ्चायत क्षेत्रमा उक्त चल्ला वितरण कार्यमक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ खण्डको पञ्चायत समितिको सदस्य दिनेश तामाङले विस्तृत रूपमा जानकारी गराएका छन्। उनले आजको यस चल्ला वितरण कार्यलाई सफल बनाउन सहयोग गर्ने हाम्रो क्षेत्रीय प्रतिनिधि नारी शक्तिबाट ललिता छेत्री, सिमा थापा मजुवा पञ्चायत सदस्य संगीत सुब्बा, युवा शक्तिबाट अनुप पाख्रिन, अनिल राई, रेशप खवास, इन्द्रराज थापा, विवेक खवास, विमल राई, राजेश छेत्री आदिलाई धन्यवाद दिएका छन्।

पञ्चायत समिति सदस्य दिनेश तामाङले आज नपाउनेहरूलाई भविष्यमा फेरि वितरण गरिने पनि जानकारी गराएका छन्।