सभासद श्याम शेर्पालाई सहयोगी हात नामक सामाजिक संस्थाद्वारा सम्मान

IMG-20220814-WA0143.jpg

खरसाङ: आज खरसाङको खहरेस्थित सहयोगी हातद्वारा सञ्चालित वृध्दाश्रममा २८ नम्बर खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पालाई सम्मान जनाइएको छ। सभासद श्याम शेर्पालाई उनी जीटीए चुनावमा खरसाङको २८ नम्बर समष्टिबाट बिजय भएको तथा उनको सराहनीय कार्यहरूकाे कदर गर्दै सम्बर्द्धना जनाइएको छ। उक्त कार्यक्रममा सभासद श्याम शेर्पालाई सहयोगी हात नामक सामाजिक संस्थाको पक्षबाट खदार्पणसहित शल ओढ़ाएर सम्बर्ध्दना पत्र प्रदान गरी सम्मान जनाइएको छ।

उक्त कार्यक्रममा सहयोगी हातक पक्षबाट सुमित्र राईसितै ओम शान्तिका सदस्यहरु लगायत विभिन्न समाजसेवीहरु पनि उपस्थित रहेका थिए। आफुले पाएको सम्मान विषयमा बोल्दै सभासद श्याम शेर्पाले यो सम्मानको लागि सहयोगी हात र ब्रह्मकुमारीका प्रतिनिधिहरूलाई धन्यवाद दिएका छन्। उनले भने- ‘यो सम्मानको हकदार म छुइन जस्तो लाग्छ। बरु यस्ता सम्मानको वास्तविक हकदार तपाईहरू हुनु हुन्छ कारण तपाईहरूले नि:स्वार्थ रुपमा वास्तविक समाज सेवाको कार्य गरिरहनु भएको छ।’ श्याम शेर्पाले यो सम्मानले अझैं मलाई काम गर्ने जोश आएको छ र अझ धेरै काम गर्नुपर्छ भन्ने सोच आएको बताएका छन्। उनले मानव जीवनमा बाँचुञ्जेलसम्म केही राम्रो काम गरेर देखाउनुपर्छ कारण हाम्रो कर्मलाई नै याद गर्ने गरिन्छ भनी बताएका छन्। उनले आगामी दिनमा केही आवश्यक परे हजुरहरूलाई मेरो तर्फबाट सहयोग गर्नेछु भनी बताएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *