डा. एडोन रोंगोंगको परिवारद्वारा धन्यवाद कार्यक्रम सम्पन्न

IMG-20240708-WA0210

खरसाङ: नेपाली साहित्यको वरिष्ठ साहित्यकार एंव इसाईहरूका अगुवा रेभरेन्ट डा. एडोन रोंगोंगको स्मृति कार्यक्रममा सहभागी बनेका र विमर्श कार्यक्रममा सहभागी वरिष्ठ साहित्यकारहरूलाई आभार प्रकट गर्नलाई परिवार पक्षबाट सालबारीको सबिता गोम्देन साहित्य कक्षमा एक कार्यक्रम आयोजना गरेर साहित्यकारहरूलाई धन्यवाद प्रकट गर्दै सम्मानित गरिएको छ। उक्त कार्यक्रममा डा. एडोन रोंगोंगको परिवारको पक्षमा उनकी पत्नी मन्नु रोंगोंग अनि छोरी एकता रोंगोंगको बाहुलीबाट साहित्यकारहरूलाई सम्मानित गरिएको छ। विशेष गरेर डा एडोन रोंगोंगको स्मृति कार्यक्रममा आयोजित विमर्श कार्यक्रममा सहभागी वरिष्ठ साहित्यकारहरू ज्ञानेन्द्र खतिवड़ा र मोहन ठकुरीलाई खदार्पणसहित ‘फूल गुच्छा र स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। त्यसरी नै स्मृति कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गर्ने पास्टर शरण शरद र हनोक थापालाई पनि खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। यसको अतिरिक्त शब्द समय सालबारीको अन्य साहित्यकारहरू क्रमैले पूर्ण मंगर, आईएन शर्मा, एलबी सुनवारलाई खदार्पणसहित फूलगुच्छा प्रदान गरेर सम्मान जनाइएको छ। उक्त धन्यवाद कार्यक्रममा डा. एडोन रोंगोंगको पक्षबाट पत्नी मन्नु रोंगोंगले शब्द समय सालबारीको साहित्यकारहरू साथै स्मृति कार्यक्रममा सहभागी बनेका साहित्यकारहरूलाई आभार प्रकट गरिन्। उनले गत २९ जूनको दिन सम्पन्न कार्यक्रममा डा. एडोन रोंगोंगको साहित्यिक योगदानमाथि भएको विमर्श कार्यक्रममा उठान भएको कुराहरू र जानकारीहरू विषयमा सबैले सराहना गरेको साथै नेपालका विशिष्ट व्यक्तिहरूले डा एडोन रोंगोंगलाई इसाई अगुवाबाहेक पनि साहित्यिक र अन्य धेरै कुरामा जान्न पाएको भनी आफु समक्ष राखेका कुराहरू साझा गरिन्। मन्नु रोंगोंगले विमर्श कार्यक्रममा डा. एडोन रोंगोंगको विभिन्न योगदान र पक्षहरू विषयमा जानकारी प्राप्त भएको अनि सहभागिताको लागि सबैमा आभार प्रकट गरिन्। त्यसको साथै साहित्यकारहरूको पक्षबाट ज्ञानेन्द्र खतिवड़ाले डा. एडोन रोंगोंगको विभिन्न साहित्यिक योगदानहरू विषयमा विस्तृत रूपमा आफ्नो वक्तव्यमा बताएका थिए।

उनले डा. एडोन रोंगोंग शब्द समयको मुख्य व्यक्ति रहेको र उनले सबैलाई सल्लाह सुझाव साथै मार्ग दर्शन गर्थे भनी बताएका छन्। उनले मन्नु रोंगोंगद्वारा प्रस्ताव गरिएको अनुसार शब्द समयको एउटा प्रकरण डा. एडोन रोंगोंगको विषयमा राखेर उनकै घरमा आयोजना गर्ने बताएका छन्। त्यसरी नै कार्यक्रममा विशप रेभरेन्ट हेमन्त काँफ्ले, पास्टर शरण शरद, पत्रकार एंव कवि हनोक थापा, डा. एडोन रोंगोंगको भानिज पावल रोंगोंग आदिले पनि वक्तव्य राखेका थिए। उनले अन्तिम धन्यवादको प्रार्थना पनि गरेका थिए। कार्यक्रमलाई मोजेस सन्यासीले सञ्चालन गरेका थिए।

यस धन्यवाद कार्यक्रममा अनन्त गोम्देन लगायत अन्यहरू पनि उपस्थित रहेका थिए। डा. एडोन रोंगोंगको उक्त धन्यवाद कार्यक्रममा गत स्मरण कार्यक्रममा उठान गरिएको डा. एडोन रोंगोंगको कृतिहरू पुन: प्रकाशन विषयमा आज पनि चर्चा परिचर्चा गरिएको छ। यस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement