आश्चर्यजनक बन्यो फ्रान्सको परिणाम

France

आइतबार राति फ्रान्सका लागि अपेक्षा विपरीत परिणामको रात थियो। संसदीय निर्वाचनको परिणाम आश्चर्यजनक थियो। दोस्रो चरणको निर्वाचनमा दक्षिणपन्थी राष्ट्रिय र्‍यालीलाई रोक्न वामपन्थी र केन्द्रवादी पार्टीहरूबीच रणनीतिक गठबन्धन बनाउने प्रयासमा बामपन्थी नेता जीन लुक मेलेन्सनले प्रमुख भूमिका खेलेका थिए। वाम गठबन्धन न्यु पपुलर फ्रन्ट १८२ सिटसहित पहिलो स्थानमा छ। नराम्ररी पछि परेको म्याक्रोनको केन्द्रवादी पार्टीले अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको छ। पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने अति दक्षिणपन्थी राष्ट्रिय र्‍याली तेस्रो भयो। तर तीमध्ये कसैसँग पनि बहुमत नपुगेको र फ्रान्समा त्रिशंकु संसदको अवस्था सिर्जना भएको छ।

वामपन्थी पत्रिका ‘लिबरेशन’ ले यो रातको बारेमा लेख्यो, ‘क्रेजी’। तर, नेशनल र्‍याली पार्टी सत्तामा आउन नसक्दा धेरैले राहत महसुस गरेका छन्। परिणाम आएपछि बजारमा उथलपुथल छ। यूरोको मूल्य ०.२ प्रतिशतले घटेर अब १.०८ डलर पुगेको छ। देशको राजनीतिक गतिरोधले लगानीकर्ता चिन्तित छन्। सबैभन्दा बढी सिट जितेको वामपन्थी न्यु पपुलर फ्रन्टको गठबन्धनले राष्ट्रपति इमानुएल म्याक्रोनको सुधारवादी एजेन्डालाई अगाडि बढाउन नसक्ने विश्लेषकहरू विश्वास गर्छन्।  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement