नक्सलबारीमा भीषण सडक दुर्घटना, १ जनाको मृत्यु, ४ जना घाइते

accident

नक्सलबारी: नक्सलबारीकाे रथखोलामा रथयात्रा मेलामा आउनुअघि नक्सलबारी–खोरीबारी राजमार्गको निर्माणाधीन पुलमा मोटरसाइकल ठोक्किएको घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृतकको नाम सुमित उराँउ हो। उनी खरीबारी सोनाचण्डी चिया बगान क्षेत्रका बासिन्दा थिए। घाइतेहरुको नाम कुलित उराँउ, राहुल टोप्पो, अमृत उराँउ र अनुराज टोप्पो रहेको छ। जानकारीका अनुसार आइतबार राति खोरीबारीको बुरागञ्ज क्षेत्रमा निर्माणाधीन पुलमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्। सबै घाइतेहरूलाई नक्सलबारी ग्रामीण अस्पतालमा पठाइएको थियो। गम्भीर घाइते दुई जनालाई उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालमा रेफर गरिएको छ। तर यस क्रममा एक जनाको मृत्यु भएको थियो। सोही क्रममा दोस्रो व्यक्तिको मेडिकल कलेजमा उपचार भइरहेको छ। बाँकी ३ जनालाई नक्सलबारी अस्पतालमा भर्ना गरिएको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement