जलपाईगढी: जलपाईगढी जिल्लाको मायागुरी ब्लकको धरमपुर ग्राम पञ्चायत क्षेत्रअन्तर्गत मालीपाडादेखि साहबबाडीसम्मको सडकको अवस्था नाजुक छ। धेरै ठाउँमा ठूला खाल्डाहरू छन्। यसप्रति स्थानीय जनतामा आक्रोशित बनेका छन्। सडक मरम्मतको माग गर्दै धेरै पञ्चायत र स्थानीय तहमा निवेदन दिएको स्थानीयको भनाइ छ। तर सुनुवाइ भने हुनसकेको छैन। विगत ५०–६० वर्षदेखि सडकको अवस्था यस्तै रहेको उनले बताए। यातायातमा धेरै असुविधा छ। तर प्रशासनको ध्यान गएको छैन। यो सडक निर्माणसँगै यहाँ पुल पनि निर्माण गर्नुपर्ने आवश्यकता छ। सडक र पुलहरू यथाशीघ्र निर्माण गरियोस् भन्ने प्रशासनसँग माग रहेको बताएका छन्।