सिलगढी: मुख्यमन्त्री ममता ब्यानर्जीको आदेशपछि पूरै राज्यमा फुटपाथलाई दखलमुक्त बनाउन अभियान शुरु गरिएको थियो, तर मुख्यमन्त्रीले एक महिनाको लागि रोकेकी छन्। यसका साथै हकर्सहरुको पुनर्स्थापनाको योजना पनि बनिरहेको छ। यसका लागि हकर्सहरुलाई पनि फारम वितरण भइरहेको छ। यसैबीच, सिलगढी नगरनिगमले आज अतिक्रमण अभियान शुरु गरेको छ। हिलकार्ट रोडको फुटपाथमा व्यापार गर्ने पसललाई हटाइयो। तर, पूर्व सूचना नदिइएको पसले बताउँछन्। यस विषयमा आफूलाई पहिल्यै जानकारी नदिएको पसले राजु सरकार बताउँछन्। उनीहरुले करिब २५ वर्षदेखि यही ठाउँमा पसल खोल्दै आएका छन्। उनीहरुका पसलहरु हटाइएमा उनीहरुले धेरै समस्या भोग्नु पर्नेछ।