सिलगढी देवकोटा संघद्वारा विद्यालयहरूमा राष्ट्रिय झण्डा वितरण

image

सिलगढी: सिलगढी देवकोटा संघले १३ अगस्तकोको दिन ‘आजादीको अमृत महोत्सव’ उपलक्ष्यमा नेपाली प्राथमिक पाठशालाका विद्यार्थीहरूलाई राष्ट्रिय झण्डा वितरण गर्यो। यही कार्यक्रमअनुसार आठवटा प्राथमिक पाठशालाहरूलाई छानिएको थियो। जसको नाम र विध्यार्थीको संख्या यसप्रकार छ – १) खोलाचन्द फाप्रि प्राथमिक पाठशाला- ८० विद्यार्थी, २) बुद्धिमाया प्राथमिक पाठशाला- ११०५ विद्यार्थी, ३)  छोटा फाप्रि नेपाली प्राथमिक पाठशाला-१४७ विध्यार्थी, ४) फाराबारी नेपाली बस्ती प्राथमिक  पाठशाला- ७९ विध्यार्थी, ५) लक्ष्मीमाया प्राथमिक पाठशाला – ६०विध्यार्थी, ७) भानुभक्त प्राथमिक पाठशाला- १११ विध्यार्थी र ८) दलबीर प्राथमिक पाठशाला -६०विद्यार्थीहरूलाई एक फिट x डेढ़ फिटको जम्मा ७२८ वटा झण्डा वितरण गरियो।

उक्त कार्यक्रम सफल तुल्याउन कात्तिक प्रधान र श्रीमती गीता देवानले आर्थिक सहयोग पुर्याएका थिएl झण्डा वितरण कार्यक्रममा संघका नारी विभागका सदस्यहरू श्रीमती देवीका शर्मा (नारी विभागका संयोजक), श्रीमती पार्वती ठकुरी, श्रीमती सुजता तामाङ, श्रीमती करूणा छेत्री, श्रीमती कमला गजमेर, श्रीमती रोहीता छेत्री, श्रीमती गायत्री शर्मा र संघका पुरूष सदस्यहरू गणेश प्रधान (सल्लाहकार),  किरण घिमिरे, महेश प्रधान, पारसमणि छेत्री र कैलाश सुब्बा खटिएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *